
काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पुन: एकीकरणको सहमति भएको छ । बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच २ लाइनको सहमति भएको हो ।
राप्रपा पार्टी कार्यालय धुम्बराहीमा दुई नेताले सहमतिपत्रमा हस्ताक्षर गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । पार्टी एकताबारे जानकारी दिँदै अध्यक्ष लिङ्देनले सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई ध्रुवीकरणमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
यसअघि राप्रपा अध्यक्षमा लिङ्देनले जितेपछि थापाले पार्टी छोड्नुभएको थियो । उहाँ २०७९ को निर्वाचनमा एमालेको चुनाव चिह्नमा हेटौंडाबाट उम्मेदवार बनेर राप्रपाका दीपकबहादुर सिंहसँग पराजित हुनुभएको थियो ।
एकता घोषणा सभा २०८२ पुस १६ गते राष्ट्रिय सभागृहमा हुनेछ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो