
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ ।
एनआरएनए र एशिया इन्टरनेशनल युनिभर्सिटी (एआईयू), उज्बेकिस्तानको संयुक्त सहकार्यमा दुई जना नेपाली विद्यार्थीहरूका लागि ६ वर्षे एमबीबीएस पाठ्यक्रममा पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणालगत्तै यही डिसेम्बर २३ भित्र आवेदन बुझाउन आग्रह गरिएको हो । आवेदन गर्न इच्छुकको योग्यतामा नेपालमा सीईई परीक्षा पास गरेको हुनुपर्ने, जेहेन्दार तथा शैक्षिक रूपमा सक्षम र कमजोर आर्थिक अवस्था भएको विद्यार्थी हुनुपर्ने तोकिएको छ ।
परीक्षा मिति आगामी २०२६ जनवरी ३ गते पुल्चोक इन्जिनियरिङ् कलेजमा हुने एनआरएनएको सूचनामा उल्लेख छ । जेहेन्दार तथा विपन्न नेपाली विद्यार्थीहरूले https://dub.sh/nrnascholarship मा आवेदन दिन सकिने जनाइएको छ ।
छात्रवृत्ति प्राप्त दुई जना नेपाली विद्यार्थीले अध्ययन पूरा गरेपछि नेपाल फर्की न्यूनतम २ वर्षसम्म स्वास्थ्य क्षेत्रमा अनिवार्य सेवा प्रदान गर्नु पर्नेछ । छात्रवृत्ति प्राप्त विद्यार्थीको सम्पूर्ण खर्च (खाना, बसाइँ ) विश्वविद्यालयले बेहोर्ने पनि जनाइएको छ । यो पहलले नेपालमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न तथा स्वास्थ्यकर्मीको कमी सम्बोधन गर्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा एनआरएनएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो