
काठमाडौँ । नेपालको राहदानी विभागले एक/दुई हप्तामा राहदानी सेवा सरल हुने जानकारी गराएको छ । विभागले बुधबार साँझ सार्वजनिक सूचना जारी गरी अन्तरिम व्यवस्थापनका लागि विभागलगायत सम्बन्धित सबै निकायबाट प्रयास हुन गई सम्झौताको चरणमा पुगेको र अबको १–२ हप्तामै सेवा सरल हुने स्पष्ट पारेको छ ।
हालैका दिनहरूमा अन्तरिम व्यवस्थापनस्वरूप राहदानी वितरणमा केही कटौती गर्नुपरेको विभागले बताएको छ । विभागले राहदानी बनाउन विभागमा आउने सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्न खोज्ने प्रवृत्ति देखापरेको र हालसम्म ठगीमा संलग्न शङ्कास्पद १५ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा पठाइएको पनि जानकारी दिएको छ ।
विभागले भनेको छ, “यसप्रकार कुनै पनि बहानामा हुनसक्ने ठगी प्रति सचेत रहन र कुनै शङ्कास्पद गतिविधि गरेको पाइएमा देहायको कुनै माध्यमबाट सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।” सेवाग्राहीहरूलाई सरल, सहज र छिटो सेवा प्रवाह गर्न एवं राहदानीसम्बन्धी समस्याको तत्काल समाधान गर्न तयार रहेकोसमेत विभागले जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो