
क्यालिफोर्निया । नेपाल आदिवासी जनजाति महासंघ क्यालिफोर्निया अमेरिकाको अध्यक्षमा काभ्रेपलाञ्चोकका कुमार दोङ निर्वाचित हुनुभएको छ ।
एल सोभरान्तेस्थित तामाङ को-अपरेसन सोसाइटी अफ क्यालिफोर्नियाको भवनमा आइतबार भएको महासंघको चौंथो अधिवेशनबाट दोङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । उपाध्यक्षमा ताराहाङ नेम्वाङ, महासचिवमा ज्ञानकाजी तामाङ तथा सदस्यमा नरेन तामाङ र हरिषचन्द्र लिम्बू चयन हुनुभएको छ । १३ सदस्यीय कार्यसमितिमा बाँकी पदआधिकारीहरु आबद्ध संघसंस्थाहरुको प्रतिनिधित्व हुनेगरी चयन गरिने महासंघले जानकारी दिएको छ ।
नवनिर्वाचित अध्यक्ष दोङ लामो समयदेखि आदिवासी जनजातिको पहिचानलाई स्थापित गर्ने अभियानमा सक्रिय रहँदै आउनुभएको छ । तामाङ को-अपरेसन सोसाइटी अफ क्यालिफोर्नियाका पूर्वअध्यक्ष, अन्तर्राष्ट्रिय तामाङ परिषद्का पूर्वउपाध्यक्षसमेत रहेका उहाँले विभिन्न सामाजिक कार्यहरुमासमेत योगदान गर्दै आउनुभएको छ ।
अमेरिकामा बसोबास गर्ने नेपाली आदिवासी जनजातिहरूको एकता, पहिचान संरक्षण तथा सामाजिक समावेशीकरणका मुद्दामा एक ढिक्का भई महासंघलाई नयाँ उचाई प्रदान गर्ने प्रतिबद्धता अध्यक्ष दोङले जनाउनुभएको छ ।

आदिवासी जनजातिहरूको हक, अधिकार, पहिचान, भाषा, संस्कृति र सामाजिक न्यायको प्रवर्द्धनका निम्ति सन् २०११ मा स्थापना भएको महासंघमा हाल तामाङ को अपरेसन सोसाइटी अफ क्यालिफोर्निया, नर्थदेन क्यालिफोर्निया तमु समाज, मगर सोसाइटी अफ नर्थदेन क्यालिफोर्निया, क्यालिफोर्निया शेर्पा एसोसियसन, नेवा अर्गनाइजेसन अफ अमेरिका नर्थदेन क्यालिफोर्निया, किराँत याक्थुम चुम्लुङ क्यालिफोर्निया र युनाइटेड किराँत राई अर्गनाइजेसन अफ क्यालिफोर्नियासहित सातवटा संस्था आबद्ध रहेका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा मन्तय राख्दै आदिवासी जनजाति अभियन्ता तथा संविधानसभा सदस्य सुरेन्द्र फोम्बो, अभियानकर्मी रोषण सुब्बा, किलन राई, डिकेन्द्र मास्के, देव राई, आङछिरिङ शेर्पा, सुरज पाख्रिन, डेन्डी शेर्पा, रेशम बल, शेर लामा, विष्णुघले, टेन्डी शेर्पा, अतित सुब्बाललगायतले आदिवासी जनजातिको हक अधिकारबारे आ-आफ्नो धारणा राख्नुभएको थियो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे