
लन्डन । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले भवन खरिद प्रक्रिया अगाडि बढाउन समिति गठन गरेको छ ।
शनिबार २५ अक्टोबरमा जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबोको अध्यक्षतामा बसेको बैठक त्रैमासिक बैठकले संस्थाको पूर्वअध्यक्ष जीवनारायण बेलबासेको संयोजकत्वमा कम्युनिटी हाउस इनिसेसन कमिटी गठन गरेको हो । समितिको सहायक संयोजक रामचन्द्र गुरुङ, रामधन राई, ओम थापा, हर्क गुरुङ रहनुभएको छ ।
यस्तै कमिटीमा अध्यक्ष सेलिङ, उपाध्यक्षहरू जीत मेन्याङ्बो, उत्तरबहादुर गुरुङ, महासचिव सुनील राना, प्रोजेक्ट म्यानेजर सुशीला थापा रहने व्यवस्था गरिएको अध्यक्ष लिला सेलिङ माबोले जानकारी दिनुभएको छ ।
बैठकमा विगतका सल्लाहकारहरुमा निरन्तरता दिँदै केही सल्लाहकार थप भएको छ भने ट्रस्टीहरुमा केही फेरबदल भएको महासचिव सुनिल रानाले बताउनुभयो । अध्यक्ष लिला सेलिङ माबोले जीआरएनसी ट्रस्टीको रूपमा स्वागत गर्दै औपचारिक रूपमा नियुक्त गर्नुभएको छ ।
यस्तै बैठकले जीआरएनसी विधान संशोधन समिति पनि गठन गरेको छ ।
सल्लाहकारहरूको स्वागत
सोही बैठकमा महासचिव सुनील रानाले कार्यसमितिको कार्यप्रतिवेदनका साथै नेपाली कक्षा र नृत्य कक्षाको प्रगति, मिलन रोकाले आर्थिक प्रतिवेदन, दिग्बिजय (धिरज) घलेले प्रोजेक्ट टुगेदरको कार्य विवरण, उपलब्धि र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रोजेक्ट मेनेजर सुशीला मगर, सन्जय राई, ज्ञान गुरुङले सोसल मिडिया, बेवसाईट, भोलिन्टियरिङको बारेमा, सोम घलेले नेपब्रिज (नेपाली समुदायलाई सहयोग)को बारेमा, संस्थाका उपाध्यक्ष डा. विशाल गुरुङले वेल्ज्ली कम्युनिटी गार्डेनको बारेमा साथै सबैले क्रमश: जीआरएनसीमा हरेक दिन, हरेक हप्ता के-के भैरहेको छ र नेपाली समुदायलाई हरेक क्षेत्रमा सरसल्लाह र सहयोग गरेकोबारे पावर पोइन्टको माध्यमबाट प्रस्ट पार्नुभएको थियो ।
गएको त्रैमासिक बैठकमा पारित गरेअनुसार गोर्खा मेमोरियल ट्रस्ट (जिएम्पी) टिम र जीआरएनसीको ट्रस्टीहरुलाई एकैठाउँमा ल्याइएको छ। संस्थाका उपाध्यक्ष उत्तर गुरुङले गत ५ अक्टुबरमा भएको रश्मूर १० के रनबारेमा समीक्षा गर्दै विगतमा भन्दा उत्साहजनक सहयोगमा खेल सकिएको बताउनुभयो । उहाँले सहयोगीलाई धन्यवाद दिँदै आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राख्नुभएको थियो ।
महासचिव रानाले आगामी ८ नोभेम्बरमा पहिलो भीसी कुलबिर थापाको सालिकमा र जति पनि पहिलो, दोस्रो विश्वयुद्धमा ज्यानको आहुति दिने सबै गोर्खा वीरयोद्धाको सम्झना (रिमेम्बरेन्स डे) मा कार्यक्रम हुने जानकारी दिँदै सबै स्थानीय जनसहभागिताका लागि आह्वान गर्नुभएको थियो ।
बैठकमा अध्यक्ष लिला सेलिङ माबो, पूर्वअध्यक्षहरु रामचन्द्र गुरुङ (ट्रस्टी), जीव बेल्वासे (ट्रस्टी), रामधन राई (ट्रस्टी), ट्रस्टी क्या.ताम ढेंगा, उपाध्यक्ष उत्तर गुरुङ, अनिता राई, डा. विशाल गुरुङ, जित मेन्याङ्बो, सल्लाहकार हर्कजंग गुरुङ, केशर गुरुङ, क्या. रिटायर्ड वर बहादुर थापा, क्या. रिटायर्ड विष्णु श्रेष्ठ, होम किरात सुनुवार, धन दर्लामी, वीर बलाल, मिलन रोका, मिडिया सेक्रेटेरी मिलन तमु, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, कार्यसमितिका मिना गुरुङ, गोमा राना, विमल गुरुङ, थानबहादुर नाल्बो, सूर्य खापुङ, थानकुमार लिम्बू, सन्जय राई, सुशीला मगर, ज्ञान गुरुङ, सोम घलेलगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
अन्त्यमा बैठक समापनका क्रममा अध्यक्ष माबोले उपस्थित र अनुपस्थित सबैलाई धन्यवाद दिँदै आगामी हुने रिमम्बेरेन्स डेमा उपस्थित भई कार्यक्रम सफल पारिदिन अपिल गर्नुभएको थियो ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला