
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले २२औँ स्थापना दिवसका अवसरमा शनिबार पशुपतिनाथ तथा स्वयम्भूमा विशेष पूजाआजा गरिएको छ ।
सङ्घले संसारभरि छरिएर रहेका नेपालीको सुख, शान्ति तथा राष्ट्रिय कल्याणको कामना गर्दै विधिविधानपूर्वक विश्व सम्पदास्थलमा सूचीकृत दुवै स्थानमा पूजाआजा गरिएको हो ।
‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान २२ वर्षमा ९० भन्दा बढी देशमा औपचारिक सञ्जालसहित विस्तार भएको सङ्घको अन्तरराष्ट्रिय समन्वय परिषद् अध्यक्ष बद्री केसीले बताउनुभयो ।
उहाँले विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गरेर नेपालको विकासका लागि जलविद्युत्, बैङ्किङ, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्ने काम भइरहेको बताउनुभयो ।
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन