
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले २२औँ स्थापना दिवसका अवसरमा शनिबार पशुपतिनाथ तथा स्वयम्भूमा विशेष पूजाआजा गरिएको छ ।
सङ्घले संसारभरि छरिएर रहेका नेपालीको सुख, शान्ति तथा राष्ट्रिय कल्याणको कामना गर्दै विधिविधानपूर्वक विश्व सम्पदास्थलमा सूचीकृत दुवै स्थानमा पूजाआजा गरिएको हो ।
‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान २२ वर्षमा ९० भन्दा बढी देशमा औपचारिक सञ्जालसहित विस्तार भएको सङ्घको अन्तरराष्ट्रिय समन्वय परिषद् अध्यक्ष बद्री केसीले बताउनुभयो ।
उहाँले विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गरेर नेपालको विकासका लागि जलविद्युत्, बैङ्किङ, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्ने काम भइरहेको बताउनुभयो ।
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे