
काठमाडौं । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको भाषा तथा साहित्य समिति र प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा साहित्यिक सङ्गोष्ठी तथा बहुभाषिक सिर्जना वाचन सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघको २२ औं स्थापना दिवसको अवसरमा ८ अक्टुबर २०२५ मा काठमाडौंमा साहित्यिक कार्यक्रमको आयोजना गरिएको हो । प्रज्ञा–प्रतिष्ठानको देवकोटा हलमा आयोजित सिर्जना वाचन कार्यक्रममा ५७ जना कविहरुले सहभागिता जनाएका थिए । जसमध्ये २५ जनाले आफ्नो मातृभाषामा कविता वाचन गरेका थिए ।
कार्यक्रम प्रमुख अतिथि कुलपति भूपाल राई र विशिष्ट अतिथि एनआरएनए आईसीसी अध्यक्ष महेश कुमार श्रेष्ठले संयुक्त रुपबाट पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि राईले सबै भाषालाई समेटेर गरिएको कार्यक्रमले वास्तविक नेपाली अनुहार झल्किएको बताउनुभयो ।

प्रज्ञा सदस्यसचिव डा.धनप्रसाद सुवेदीले सहभागी सबैलाई स्वागत गर्नुभएको थियो । त्यस्तैगरी विशिष्ट अतिथि अध्यक्ष श्रेष्ठले भाषाको सवालमा हामी नेपालीहरु संवेदनशील हुनुपर्ने र विदेशमा हुर्कन्दै गरेका नेपाली बालबच्चाहरुले आफ्नो भाषा साहित्य बिर्सदैँ गएकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रमलाई एनआरएनए पूर्वमहासचिव जानकी गुरुङ, मातृभाषा विभागका प्रमुख प्राज्ञ राजन मुकारुङ, एनआरएनए महिला संयोजक रश्मी काली थापाले सम्बोधन गर्नुभएको थियो ।
गोष्ठीमा विशाल नाल्बो, मिथोज सुनुवार, मिमबहादुर परियार, सोझो गाउँले, रमेश पौडेल, विमला तुम्खेवा, सिर्जना मगर, मनोज न्यौपाने, मणिराज सिंह, अन्जु राजवंशी, ओमकृष्ण श्रेष्ठ, जगत वाशिष्ठ, जनक रसिक, गणेश वाम्बुले राई, डम्बर थामी, निशेष आङदेम्बे, पदम वालाहाङ राई, पेम्बा गेलु शेर्पा, भूमिका थारु, राकेश बहादुर बुढामगर, जोगबहादुर बुढामगर, शर्मिला रानाथारु, शोभा सुनुवार, रचना मोक्तान, स्नेहा झा, आलोक तिवारी, मनु ठाडामगर, मणि लोहनी, सन्ध्या पहाडी, देवेन्द्र खापुङ, सीता तुम्खेवा, राधिका कल्पित, विजय हितान, गोविन्दमान सिंह कार्की, तीर्थराज भट्ट, योगराज राजन, रितेश त्रिपाठी, विमला गुरुङ, प्रगति राई, प्रकृति थारु, शिलाखा वाम्बुले, जर्नादन अधिकारी, रवीन्द्र आशिष, जायस जया, सङगीता काली, शशीश्री आचार्य, चेतनाथ धमला, शनि लिम्बु, उत्तम तुम्सा, स्वप्निल स्मृति, सुनिल आङबो, मीरा श्रेष्ठ, शनि लिम्बु, जमुना पौडेल, कर्ण दयाल, रश्मि रिमाल, शुशिला निनाम राई, प्रतापसिं नाछिरिङ, निरन्ता तुम्बापो, दीपा लक्सम, सीता तुम्खेवा, डोल्मा शेर्पा, दशीराम थारु, पर्शुराम थारु र मुक्तिबाबु रेग्मी लगायतले सिर्जना वाचन तथा मिडिया योगदान गर्नुभएको थियो ।

कार्यक्रमको सभापतित्व एनआरएनए आईसीसी उपाध्यक्ष तथा भाषा साहित्य समितिका संयोजक विश्वास दीप तिगेलाले गर्नुभएको थियो भने सञ्चालन भाषा साहित्य समितिका सदस्य अमित थेवेले गर्नुभएको थियो ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री