
काठमाडौँ । मलेसियाविरुद्धको महिला टि–ट्वान्टी अन्तराष्ट्रिय शृङ्खला नेपालले जितको छ ।
मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा बुधबार सम्पन्न पाँचौँ तथा निर्णायक खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेसँगै नेपालले पाँच खेलको उक्त शङ्खला जितेको हो । यस जितसँगै नेपालले पाँच खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
यसअघिको खेलमा मलेसिया तीन र १३ रनले विजयी हुँदा यता नेपालले दुवै खेलमा ६ विकेटको जित हासिल गरेको थियो । मलेसियाले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पच्छाएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि रुवि पोदारले २६, पूजा महतोले २३, रुविना क्षेत्रीले अविजित १५ तथा सम्झना खड्काले १३ रन बनाए ।
मलेसियाका लागि आइन हामिजा हसिम, नुर डानिया स्युहदा, आइसा एलिसा फिर्डाजु र नुर आल्याले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय तीन रनको योगफल बनाएको थियो । मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रनको योगदान दिइन । त्यसैगरी माहिरा इज्जती इस्माइलले १९, आइन हामिजा हसिमले १५ र नुर डानिया स्युहदाले ११ रन बनाए ।
नेपालका लागि कविता कुँवर र राजमति ऐरीले समान तीन÷तीन विकेट लिए भने रचना चौधरीले एक विकेट लिइन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता