
लन्डन । बेलायतमा ब्ल्याकवाटर भ्याली रनर्स र ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेको आयोजनामा गत वर्षझैं अक्टोबर ५ मा रश्मूर वेलेस्ली १० किमि दौड,५ किमिको गोर्खा भीसी दौड र २ किमिको फन रन सम्पन्न भएको छ ।
अल्डरसट क्विन्स एभिन्यूको रग्बी स्टेडियममा रश्मूर वेलेस्ली दौड प्रतियोगितामा भएको हो । जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबोले घन्टी बजाएर बिहान सुरु गरेको १० किमि दूरीको दौड सोही ठाउँमा फर्किएर पूरा भएको थियो । दौड पूरा गर्नेहरु सबैलाई मेडल प्रदान गरिएको थियो ।
१० किमि रश्मूर वेलेस्ली दौड प्रतियोगिताको अफिसियल स्पोन्सर सूर्य गुरुङ नेतृत्वको पिपल मोर्गेज थियो ।
दौड सुरु हुनुअघि सहभागी धावकहरूलाई धावनमार्ग, स्वास्थ्य सुरक्षा र सावधानीबारे जानकारी दिइएको थियो । रेस डाइरेक्टर ब्ल्याक भ्याली रनर्सका डेव पोर्टर र महासचिव स्टिभ रहनुभएको थियो । प्रतियोगितामा रश्मूर बरो काउन्सिलले सहयोग गरेको थियो । रेसबाट संकलित रकममध्ये केही अंश स्थानीय च्यारिटी संस्थालाई र केही जीआरएनसीलाई प्रदान गरिने आयोजक जीआरएनसी यूकेकी अध्यक्ष माबोले जानकारी दिनुभयो । दौडमा करिब ६०० जना सहभागी थिए ।











नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता