
लन्डन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले खेलकुदको विश्व प्रशासकीय निकायमा यूएसए क्रिकेटको सदस्यता तत्काल प्रभावबाट निलम्बन गरेको छ । तर अमेरिकी टोलीहरूले अझै पनि सन् २०२८ लस एन्जलस ओलम्पिकमा सहभागिताको दौड जारी राख्नेछन् ।
आइसिसी बोर्डले ‘विधानअन्तर्गत सदस्यका रूपमा दायित्व बारम्बार उल्लङ्घन गरेको’ भन्दै निलम्बनको निर्णय लिएको हो । मङ्गलबार राति जारी विज्ञप्तामा भनिएको छ, “यसमा समावेश छ, तर सीमित छैन, कार्यात्मक शासन संरचना लागू गर्न असफलता तथा संयुक्त राज्य अमेरिका ओलम्पिक र प्यारालिम्पिक समिति (यूएसओपिसी) सँग राष्ट्रिय परिचालक निकायको स्थिति पाउन प्रगति नदेखिनु ।”
आइसिसीले अमेरिकी क्रिकेट र विश्वभर खेलको प्रतिष्ठामा आघात पुर्याउने कार्यहरूलाई पनि आधार मानेको छ, तर विस्तृत विवरण भने दिएको छैन ।
यसबीच, अमेरिकी पुरुष टोलीले अर्को वर्ष फेब्रुअरीमा हुने टी–२० विश्वकपमा खेल्नेछ । टोली व्यवस्थापनलाई अस्थायी रूपमा आइसिसीले निगरानी गर्नेछ ।
अमेरिकाले सन् २०२४ को पुरुष टी–२० विश्वकपमा सुपर आठ चरणसम्मको यात्रा गर्दै सन् २०२६ को प्रतियोगितामा सिधै स्थान बनाएको थियो ।
“निलम्बन खेलको दीर्घकालीन हितको रक्षा गर्न दुर्भाग्यपूर्ण तर आवश्यक कदम हो”, आइसिसीले भनेको छ, “आइसिसीको शीर्ष प्राथमिकता भनेको खेलाडी र खेल आफैँ निलम्बनका कारण प्रभावित नहुनु हो ।”
यूएसए क्रिकेटलाई यसअघि सन् २०२४ को आइसिसी वार्षिक साधारणसभामा ‘सदस्यता मापदण्ड पूरा नगरेको’ भन्दै सूचनामा राखिएको थियो र आवश्यक सुधार गर्न १२ महिनाको समय दिइएको थियो ।
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने