बेलायती प्रधानमन्त्री स्टार्मर-अमेरिकी राष्ट्रपति ट्रम्प भेट : प्राविधिक साझेदारीदेखि कठिन राजनीतिक छलफलसम्म
लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायती प्रधानमन्त्री किर स्टार्मरसँग भेट गर्दै हुनुहुन्छ । भेटमा प्राविधिक लगानी, इस्पात शुल्क र जटिल कूटनीतिक मुद्दाहरू एजेन्डामा छन् ।
बुधबार विन्डसर क्यासलमा राजा चार्ल्स तृतीय र रानी क्यामिलाले ट्रम्प दम्पतीलाई सुनौलो गाडी, तोप सलामी र भव्य भोजसहित राजकीय सम्मान गर्नुभएको थियो । बेलायती अधिकारीहरूले यो भ्रमणलाई ‘अभूतपूर्व’ भन्दै अमेरिकी राष्ट्रपतिको दोस्रो राजकीय भ्रमणका रूपमा विशेष गौरवका साथ मनाए ।
अब ट्रम्पलाई १६औँ शताब्दीको ऐतिहासिक चेकर्स म्यानर हाउसमा स्टार्मरले स्वागत गर्नुहुनेछ । यहाँ पूर्ण औपचारिक गार्ड, स्कटिश परम्परागत ब्यागपाइपर र चर्चिलसँग सम्बन्धित अभिलेख प्रदर्शन गरिनेछ । भोजमा डोभर सोल, लाइम पाई र प्यारासुट टोलीको प्रस्तुति रहनेछ ।
दुई नेताले ‘प्राविधिक समृद्धि सम्झौता’ मा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । यस अन्तर्गत एआई, क्वान्टम कम्प्युटिङ र आणविक उर्जामा रोजगारी र लगानी बढ्नेछ ।
अमेरिकी कम्पनीहरूले ३१ अर्ब पाउन्ड (४२ अर्ब डलर) को लगानी गर्ने घोषणा गरिसकेका छन्, जसमा माइक्रोसफ्टबाट मात्र ३० अर्ब डलरको सुरक्षा सुपरकम्प्युटर परियोजना छ । तर डिजिटल सेवा कर र इन्टरनेट नियमनबारे सम्झौता अझै अस्पष्ट छ । मे महिनामा दुवै नेताले अटो र एयरोस्पेस क्षेत्रमा भन्सार शुल्क कम गर्ने व्यापार सम्झौता गर्नुभएको थियो । तर इस्पात–एल्युमिनियममा २५ प्रतिशत भन्सार शुल्क शून्यमा झर्ने वाचा अझै पुरा भएको छैन ।
स्टार्मरका लागि यो भ्रमण घरेलु राजनीतिक सङ्कटबीच आएको हो । उपप्रधानमन्त्री एन्जेला रेनरले कर विवादमा राजीनामा दिनुभएको छ भने सरकार सुस्त अर्थतन्त्रका कारण दबाबमा छ । विश्लेषकहरूले यो भ्रमण ट्रम्पभन्दा स्टार्मरका लागि कठिन हुने बताएका छन् । एपस्टिन प्रकरणसम्बन्धी प्रश्न पनि सम्भावित चुनौती मानिएको छ । केही दिनअघि मात्र राजदूत पिटर म्यान्डल्सनलाई एपस्टिनसँगको सम्बन्धका कारण पदबाट हटाइएको थियो ।
युक्रेनबारे ट्रम्प र स्टार्मरबीच असहज छलफल हुने देखिन्छ । स्टार्मरले युरोपेली सहयोग बढाउन जोड दिँदा ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई सम्झौता गर्नुपर्ने बताउनुभएको छ र रुसमाथि नयाँ प्रतिबन्ध लगाउन अनिच्छुक देखिनुभएको छ । पोल्यान्डमा रूसी ड्रोन आक्रमणलाई उहाँले ‘गल्ती हुन सक्छ’ भन्दै कम आँक्ने टिप्पणी गर्नुभएको थियो ।
गाजामा इजरायलको युद्धमा पनि फरक दृष्टिकोण छ । स्टार्मरले बेलायत यस महिनाको अन्त्यसम्म प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गर्नुभएको छ भने ट्रम्पले यसै प्रकारका कदम चालेकाहरूलाई अघिल्लो पटक व्यापारमा दण्डित गर्ने चेतावनी दिनुभएको थियो ।
शाही स्वागतले सुरु भएको यो भ्रमण अन्ततः कठिन वार्ताहरू र संवेदनशील विषयमा नेताहरूको मतभेदले चिह्नित हुने देखिएको छ ।

बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा