
लन्डन । बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको उमेरमा निधन भएको छ। उहाँ ४६ वर्षको हुनुहुन्थ्यो।
ह्याटन उत्तरपश्चिम इङ्गल्याण्डको हाइडमा आफ्नो घरमा मृत फेला पर्नुभएको थियो । ग्रेटर म्यानचेस्टर प्रहरीका अनुसार उहाँको मृत्युलाई शङ्कास्पद रूपमा नलिएको बताउनुभएको छ ।
“स्थानीय जनप्रतिनिधिले प्रशासनलाई आइतबार बिहान ६ः४५ बजे दिएको सूचनामा ४६ वर्षीय ह्याटन हाइडस्थित आफ्नै घरमा टेमसाइडमा मृत भेटिएको खबर गरेको र तत्काल प्रहरी त्यहाँ पुगेको थियो,” स्थानी प्रहरी प्रवक्ताले बताए ।
“उहाँको मृत्युबारे प्रारम्भिक अनुसन्धानले उहाँको कुनै पनि शङकास्पद आक्रमण वा गतिविधिका कारण भएको विश्वास गरिएको छैन,” प्रहरीले भनेको छ।
‘द हिटम्यान’ उपनामले चिनिने ह्याटनले ‘लाइटवेल्टर वेट’ समूहमा धेरै विश्व उपाधि र ‘वेल्टर वेट’ मा एउटा उपाधि जित्नुभएको थियो ।
उहाँको आक्रामक शैलीले उहाँलाई आफ्नो पुस्ताको सबैभन्दा लोकप्रिय बेलायती बक्सरहरूमध्ये एक बनाउन सफल भएको थियो।
सन् १९९७ मा आफ्नो बक्सिङ खेलको सार्वजनिक सुरूवात गरेका उहाँले ४८ व्यावसायिक प्रतिस्पर्धातर्फ ४५ उपाधि जित्नुभएको थियो ।
परराष्ट्रमन्त्री शर्माको निर्देशन – ‘एनआरएनएको १२ औँ महाधिवेशन विधानअनुसार गर्नुस्’
नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको निधन
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु