
लन्डन । प्रेम गाहामगर नेतृत्वको गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)ले जेनजी युवाहरुको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली दूतावास लन्डनमा सभा आयोजना गरेको छ ।
संघले बिहीबार लन्डनस्थित नेपाली दूतावास परिसरमा दीप प्रज्वलन गर्दै मृतात्माको चीरशान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गरेको हो । नेपालमा भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध प्रदर्शनका क्रममा जेनजी युवा, प्रहरी, कैदीसहित ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ । सुरक्षाका कारण करिब तीसजनामात्र उपस्थित उक्त सभाका सहभागीले जेनजी शहीदहरुप्रति पुष्पगुच्छा अर्पण गरि एकमिनेट मौनधारण समेत गरेका थिए ।
स्मृतिसभामा राजदूत चन्द्रकुमार घिमिरेले दिवंगत जेनजी युवाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपालीहरु जस्तोसुकै कठिन अवस्थामा पनि भावनात्मक रुपमा एक भएर उभिने गरेको उल्लेख गर्नुभयो । उहाँले बेलायतमा रहेका नेपालीलाई अब इमान्दारिताका साथ नेपालको मुहार फेर्न योगदान गर्न आग्रह गर्नुभयो । प्रदर्शनमा सदादत प्राप्त गरेका युवाहरुको सपना साकार पार्न नेपाल र नेपालीको मुहार फेरे त्यो सच्चा श्रद्धाञ्जली हुने पनि उहाँले बताउनुभयो ।
संघका अध्यक्ष प्रेम गाहामगरले युवामाथि प्रहरी दमन र हत्याको विरोध गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले नेपालमा व्याप्त भ्रष्टाचार अन्त्य र सुशासनका लागि युवाहरुले गरेको प्रदर्शनप्रति ऐक्यबद्धता एवं कृतज्ञता समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष गाहामगरले सोही सभामा ‘सेभ द नेशन, बिल्ड द नेशन’ भन्ने अभियान सुरु गरिएको घोषणा गर्दै यस अभियानमा कुनै जातजाती, धर्म वा संस्था नभनि एक नेपाली नागरिकका हैसियतमा जोडिन विश्वभरका नेपालीसमक्ष अपिल गर्नुभयो । उहाँले नयाँ नेपाल निर्माणका लागि अब फुटेर होइन जुटेर विदेशस्थित सबै नेपालीको योगदान आवश्यक रहेको पनि बताउनुभयो ।
कार्यक्रम महासचिव जुरेन्द्र खजुमले सञ्चालन गर्नुभएको थियो ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला