
लन्डन । बेलायत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का नेताहरुले भूतपूर्व गोर्खा र आदिवासी जनजातिको अधिकारका लागि संयुक्त आन्दोलन आवश्यक रहेकोमा जोड दिएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले शनिबार ६ सेप्टेम्बरमा अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सचिव, पूर्वमन्त्री तथा अन्तरमहादेशीय प्रवास, प्रदेश संगठन समितिका ईन्चार्ज राम कार्की (सुरेन्द्रबहादुर), पार्टी स्थायी समितिका सदस्य तथा पूर्वसभामूख तथा आदिवासी जनजाती संयुक्त मोर्चा नेपालकी ईन्चार्ज ओनसरी घर्ती मगर र किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपालको माहासचिव तथा पार्टी अन्तर्राष्ट्रिय विभागका सदस्य वसन्त राईले उक्त धारणा राख्नुभएको हो ।
पूर्वसभामुख ओनसरी घर्ती मगरले आदिवासी, महिला, दलित र पिछडिएको वर्गको अधिकार प्राप्तिका लागि आदिवासी, महिला, दलितलगायत एक भएर आन्दोलन गरेमात्र सफल हुने बताउनुभयो । त्यस्तै नेपाली नागरिकताको निरन्तरता र भूतपूर्व गोर्खाहरुको पेन्सनको समस्या समाधान गर्नका लागि पनि टुटफुट नभईकन एक भएर आन्दोलन गर्नुपर्ने उहाँको सुझाव थियो ।
पूर्वमन्त्री राम कार्कीले आदिवासी, महिला, दलित र पिछडिएका वर्गको अधिकार एकल जाति र पार्टीले मात्र आन्दोलन गरेर पर्याप्त नहुने जिकिर गर्दै संयुक्त आन्दोलन आवश्यक रहेको बताउनुभयो ।
नेता वसन्त राईले माओवादी पार्टीमा आदिवासी, महिला, दलित र पिछडिएको वर्गको बारेमा आवाज आदिवासी नेताहरुले भन्दा गैरआदिवासी नेताहरुले उठाउने गरेको उल्लेख गर्नुभयो ।
नेताहरु घर्तीमगर, कार्की र राईलाई नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईले संस्थाको तर्फबाट स्वागत तथा सम्मान गर्नुभयो । सोही अवसरमा मगर संघ युकेका अध्यक्ष लालबहादुर पुन (लालु)ले पनि नेतात्रयलाई स्वागत सम्मान गर्नुभयो । कार्यक्रममा नेफिन युकेका पदाधिकारी र मगर संघ युकेका पदाधिकारी, पूर्वअध्यक्ष, ट्रष्टी, सल्लाहकारलगायतको उपस्थिति थियो ।
कार्यक्रममा ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी)का अध्यक्ष थर्क रानाले पूर्वसभामुख ओनसरी घर्तीमगरलाई नेपाली नागरिकता निरन्तरतासम्बन्धी विज्ञप्ति बुझाउनुभएको थियो ।
अन्तरक्रियामा गैरआवसीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर, नेफिन युकेका निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पा, माओवादी नेता रन केसी, नेफिन केन्द्रका संथापक सचिव भक्तबहादुर दुरा, नेफिन युकेका संस्थापक अध्यक्ष तथा सीएनसीबीजीका अध्यक्ष थर्क राना, डा.सुमाया राई, मगर संघ युकेका अध्यक्ष लालु पुनलगायत विभिन्न वक्ताहरुले गोर्खा भूपूहरुको पेन्सन र नेपाली नागरिकताकाबारेमा बोल्नुभएको थियो ।
नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा भएको कार्यक्रम महासचिव फर्म बहादुर दुराले संचालन गर्नुभएको थियो । कार्यक्रममा चर्चित कलाकारहरु युवराज मगर र नितु पुनले सांगीतिक कोसेली पस्कनुभएको थियो ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा