नेपाल र बङ्गलादेशबीच पहिलो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुङ्गियो

काठमाडौँ । नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुङ्एिको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार ६ सेप्टेम्बरमा भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेनन् ।

अब नेपाल र बङ्गदादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २४ गते हुनेछ । उक्त खेलमा स्पष्ट नतिजा नआए खेल पेनाल्टी सुटआउटमा जाने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री