
लन्डन । युरोपेली मुलुकहरू युक्रेनको भविष्य सुरक्षाबारे कठिन निर्णयको सङ्घारमा पुगेका छन् । पेरिसमा बिहीबार बसेको बैठकमा युद्धपछिको सुरक्षा ग्यारेन्टीबारे छलफल भए पनि ठोस योजना अझै बनेको छैन ।
युद्ध अझै जारी छ, युद्धविराम नजिकिएको सङ्केत छैन र युक्रेनको सुरक्षामा अमेरिकाको भूमिका अनिश्चित छ । महिनौँदेखि ‘इच्छुकहरूको गठबन्धन’ ले युक्रेनलाई सहयोगबारे छलफल गर्दै आएको छ । यसमा भविष्यमा रुसी आक्रमण रोक्न सम्भावित सैन्य समर्थनको खाका बनाउने काम सामेल छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री किर स्टार्मरले युरोपेली ‘सुरक्षा आश्वासन’ अमेरिकी समर्थनबिना सम्भव नभएको दोहोर्याउनुभएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न त युद्धविरामको पक्षमा हुनुहन्छ, न त रुसमाथि थप कडा आर्थिक दबाब दिन इच्छुक देखिनुभएको छ ।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न दबाब दिने धम्की दिनुभए पनि नतिजा देखिएको छैन । अगस्टमा अलास्कामा भएको भेटमा पनि उहाँले पुटिनलाई लडाइँ रोक्न राजी गराउन सक्नुभएन । यसबीच युरोपेली नेताहरूसँग वासिङ्टनमा भएको बैठकमा पनि सुरक्षा ग्यारेन्टीबारे ठोस सहमति बनेन ।
विशेषज्ञहरूको भनाइमा, युरोप अमेरिकी अडानबारे अज्ञान छ । युद्धविरामको स्वरूप, अमेरिकी संलग्नता वा पुटिन सहमत हुने–नहुने कुरा अझै अनिश्चित छ ।
‘इच्छुकहरूको गठबन्धन’ मा झण्डै ३० राष्ट्र छन् । तर वास्तविक सुरक्षाबलमा सहभागी हुने समूह सानो हुनेछ । बेलायत, फ्रान्स र इस्टोनियाले पुटिनलाई पुनः आक्रमण गर्न नदिने गरी सैनिक पठाउने तयारी देखाएका छन् । पोल्यान्ड भने नाटो सुरक्षामा ध्यान केन्द्रित गर्ने पक्षमा छ । विशेषज्ञहरूको भनाइमा, युद्धविरामबिना सेना पठाउनु जोखिमपूर्ण हुनेछ । तर हाल युद्धविराम सम्भावना कमजोर छ किनभने पुटिन र ट्रम्प दुवै यसमा इच्छुक देखिनुभएको छैन ।
बेलायती प्रधानमन्त्री स्टार्मरले युक्रेनका लागि कम्तीमा १० हजार सेनाको आवश्यकता औँल्याउनुभए पनि व्यावहारिक रूपमा यो सङ्ख्या ३० हजारसम्म पुग्नसक्ने अनुमान छ । केवल बेलायतले पाँच हजार सैनिक पठाउने योजनाले नै ठूलो चुनौती खडा गर्नेछ ।
सैनिकहरूलाई प्रशिक्षण र सहायक भूमिकामा मात्र प्रयोग गर्ने योजना भए पनि मिसाइल तथा ड्रोन आक्रमणको जोखिम उच्च रहनेछ । स्पष्ट उद्देश्यबिना सैनिक परिचालन विश्वसनीय नहुने चेतावनी पूर्व अमेरिकी जनरलहरूले दिएका छन् ।
युरोपेली नेताहरू अझै ट्रम्पप्रति विश्वास गर्न सक्ने कि नसक्ने द्विविधामा छन् । ट्रम्पले विगतमा पेरिस जलवायु सम्झौता र इरानको आणविक सम्झौताबाट फिर्ता लिएको उदाहरण देखाउँदै विश्लेषकहरूले युक्रेनसम्बन्धी वाचा पनि अविश्वसनीय हुनसक्ने चेतावनी दिएका छन् ।
यस परिस्थितिमा युरोपेली मुलुकहरूले किएभलाई ठूला मात्रामा हतियार र बारुद उपलब्ध गराउने बाटो रोज्ने सम्भावना बढी देखिन्छ ।
पूर्व सैनिक योजनाकार एड आर्नोल्डका शब्दमा, “युरोपका लागि सजिलो विकल्प छैन । सबै बाटाहरू कठिन छन्, तर युक्रेनलाई सहयोग नगरी बस्नु अझै जोखिमपूर्ण हुनेछ ।”
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य