
लन्डन । यती नेपाली एसोसिएसन यूकेले आगामी २७ सेप्टेम्बरमा यती कप फुटबल प्रतियोगिता गर्ने जानकारी दिएको छ ।
साउथ ह्यारोमा बुधबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष टंक भट्टराईले यती कप हुने जानकारी गराउनुभएको हो । उहाँका अनुसार फेल्थाममा हुने यती कपमा ९ ए साइड र कुल खेलाडी १५ जना (तीनजना विदेशी मान्य) सामेल हुने एवं मेनतर्फ २४ र भेट्रान १२ टिमबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा मेन क्याटगोरिज विजेताले ३३३३ पाउन्ड, रनर अपले १५५५ पाउन्ड, भेट्रान्सतर्फ वीनर टिमले १२२२ पाउन्ड र रनरअपले ५५५ पाउन्ड प्राप्त गर्ने आयोजकले जनाएका छन् । वेष्ट प्लेयर, हाइजेष्ट गोल स्कोरर, वेष्ट गोलकिपर, वेष्ट टिम म्यानेजर, मोष्ट डिस्सीप्लिन्ड टिमलाई पनि ट्रफी प्रदान गरिने छ ।
प्रतियोगितालाई मेलाका रुपमा लैजान नेपाली खाना र सांस्कृतिक स्टल, लाइभ म्यूजिक आदि पनि मुख्य आकर्षण रहने अध्यक्ष भट्टराईले बताउनुभयो । दर्शकलाई प्रवेश नि:शुल्क हुनेछ ।
पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष वसन्त रायक्षेत्री, उपाध्यक्ष राज पाण्डे, महासचिव आशिषराज पन्त, पूर्वअध्यक्ष उमेशराज मोक्तान, सामाजिक सचिव क्षमता ढकाल, उपमहासचिव सुष्मा पौडेल, सदस्यहरु जेनिस गिरी, अविश्रान्त दाहाल, अभिसेक बस्नेत र भुपेन्द्र विष्टलगायतको उपस्थिति थियो ।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण