
लन्डन । यती नेपाली एसोसिएसन यूकेले आगामी २७ सेप्टेम्बरमा यती कप फुटबल प्रतियोगिता गर्ने जानकारी दिएको छ ।
साउथ ह्यारोमा बुधबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष टंक भट्टराईले यती कप हुने जानकारी गराउनुभएको हो । उहाँका अनुसार फेल्थाममा हुने यती कपमा ९ ए साइड र कुल खेलाडी १५ जना (तीनजना विदेशी मान्य) सामेल हुने एवं मेनतर्फ २४ र भेट्रान १२ टिमबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा मेन क्याटगोरिज विजेताले ३३३३ पाउन्ड, रनर अपले १५५५ पाउन्ड, भेट्रान्सतर्फ वीनर टिमले १२२२ पाउन्ड र रनरअपले ५५५ पाउन्ड प्राप्त गर्ने आयोजकले जनाएका छन् । वेष्ट प्लेयर, हाइजेष्ट गोल स्कोरर, वेष्ट गोलकिपर, वेष्ट टिम म्यानेजर, मोष्ट डिस्सीप्लिन्ड टिमलाई पनि ट्रफी प्रदान गरिने छ ।
प्रतियोगितालाई मेलाका रुपमा लैजान नेपाली खाना र सांस्कृतिक स्टल, लाइभ म्यूजिक आदि पनि मुख्य आकर्षण रहने अध्यक्ष भट्टराईले बताउनुभयो । दर्शकलाई प्रवेश नि:शुल्क हुनेछ ।
पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष वसन्त रायक्षेत्री, उपाध्यक्ष राज पाण्डे, महासचिव आशिषराज पन्त, पूर्वअध्यक्ष उमेशराज मोक्तान, सामाजिक सचिव क्षमता ढकाल, उपमहासचिव सुष्मा पौडेल, सदस्यहरु जेनिस गिरी, अविश्रान्त दाहाल, अभिसेक बस्नेत र भुपेन्द्र विष्टलगायतको उपस्थिति थियो ।
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह