
लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) दोस्रो एनआरएनए कप तथा नेपाली मेलाको तयारीमा जुटेको छ ।
आगामी १३ सेप्टेम्बरमा फेल्थाम खेल मैदानमा आयोजना गरिने फुटबल प्रतियोगिता र मेलाको तयारीमा जुटेको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभयो । कार्यक्रममा फुटबल प्रतियोगिता, सांस्कृतिक प्रस्तुति र नेपाली खानपान उपलब्ध गराइने छ । उहाँले भन्नुभयो, ‘यो एकै मञ्चमा खेल, मौलिक खाना र संस्कृति अनुभव गर्ने पूर्ण अवसर हुनेछ।’
एनआरएनए कपअन्तर्गत मेन, भेट्रान र महिला टिमबीच प्रतिस्पर्धा हुनेछ । संघले इच्छुक खेलाडी र टिमलाई शीघ्र दर्ता गर्न आग्रह गरेको छ। टिम प्रवेश शुल्क मेन टिमका लागि २ सय पाउन्ड, भेट्रान २ सय पाउन्ड र महिला टिम दर्ता शुल्क ५० पाउन्ड तय गरिएको छ ।
युवा संयोजक विशाल राईका अनुसार मेन टिमका विजेताले २२०० पाउन्ड र उपविजेताले ११०० पाउन्ड प्राप्त गर्नेछन्। भेट्रानतर्फ विजेता टिमलाई १२०० पाउन्ड र उपविजेतालाई ६०० पाउन्ड प्रदान गरिनेछ। त्यस्तै, महिला टिमतर्फ च्याम्पियनले २०० पाउन्ड र उपविजेताले १०० पाउन्ड पाउने आयोजकले जनाएका छन् ।
व्यवसायिक स्टल र मेला
मेलामा नेपाली व्यवसायलाई आफ्ना उत्पादन र सेवाहरु प्रदर्शित गर्ने विशेष अवसर दिइनेछ। स्टल शुल्क न्यूनतम १०० पाउन्डबाट सुरु हुने र आकार तथा स्थानअनुसार फरक पर्न सक्नेछ। तर सुरुवातमै बुक गर्नेहरुले विशेष छुट पाउने भएकाले समयमा नै सम्पर्क गर्न संघले अनुरोध गरेको छ। साथै, बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायका लागि कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ ।
एनआरएनए यूकेका प्रवक्ता डा. कुल प्रसाद कँडेलले समुदायलाई मेलामा सहभागी भई फुटबल प्रतिस्पर्धा र नेपालीपन झल्काउने विविध कार्यक्रमको आनन्द लिन आमन्त्रण गर्नुभएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता