
काठमाडौँ । महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ ।
नेपालको काठमाडौँस्थित माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहने छ । जसलाई दुई समूहमा विभाजन गरेर खेल खेलाइने छ । उक्त प्रतियोगिताको खेल तालिका भने छिट्टै सार्वजनिक गर्ने अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जनाएको छ ।
आगामी सन् २०२६ मा हुने उक्त प्रतियोगिताको छनोट खेल आगामी जनवरी १२ देखि फेब्रुअरी २ तारिखसम्म हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीबाट शीर्ष चार स्थान हासिल गर्नेले इङ्ग्ल्याण्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन् ।
यो नेपालले आयोजना गर्ने हालसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हो । प्रतियोगिताको एसिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भइसकेका छन् । नेपालले पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो ।
प्रतियोगितामा आयरल्यान्ड र बङ्गलादेश सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका आधारमा स्वतः छनोट भएका हुन । त्यस्तै अमेरिकी क्षेत्रबाट संयुक्त राज्य अमेरिका छनोट भएको छ । बाँकी पाँच स्थानका लागि अफ्रिका र युरोपबाट दुई–दुई टोली तथा ईस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन् । जसका लागि क्षेत्रीय छनोट प्रतियोगिताहरू सम्पन्न हुन बाँकी नै छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता