
लन्डन – बेलायतमा क्रियाशील सामाजिक संस्था राप्ती समाज यूकेको १०औं कार्यसमितिका लागि हालै सम्पन्न निर्वाचनबाट नयाँ पदाधिकारीहरू चयन भएका छन्। नव निर्वाचित सम्पूर्ण टिमलाई सफल कार्यकालको शुभकामना दिँदै समाजले नयाँ योजनासहित अगाडी बढ्ने प्रतिवद्धता जनाएको छ।
समाजको अध्यक्षमा चन्द्रबहादुर शाही चयन भएका छन्। उपाध्यक्षमा कृष्णा घर्ति मगर र कमलबहादुर पुन मगरले जिम्मेवारी सम्हाल्ने भएका छन्। सचिवको भूमिकामा दीपक बुढा मगर र कोषाध्यक्षको रूपमा नन्दबहादुर क्षेत्री चयन भएका छन्।
सह–सचिवमा भीम पुन मगर, सह–कोषाध्यक्षमा पवित्र केसी रहेका छन्। सदस्यहरूमा सूर्यबहादुर बुढा मगर, जयबहादुर घर्ती मगर, हुमा थापा मगर, शालिकराम पुन मगर, लालु बुढा मगर, कमलसिंह ठकुरी, माला घर्ती (बुढा) मगर, ओम बुढा मगर, राजकुमार बुढा मगर, मानबहादुर थापा मगर, तिलक पुन मगर र तारा घर्ती मगर छन्।
युवा समूहतर्फ हिमाल गुरुङ, नितिका बुढा मगर, कञ्चन रोका मगर र महेश बुढा मगर सदस्यको रूपमा चयन भएका छन्।
त्यसैगरी, युनिट प्रतिनिधिका रूपमा रोहित बुढा मगर (१ आरजीआर), खड्क बुढा मगर (२ आरजीआर), शिशिर बुढा मगर (क्युजीई), नरबहादुर घर्ती मगर (क्युजिएस) र प्रतापसिंह ठकुरी (क्युओजिएलआर) रहेका छन्।
नयाँ कार्यसमितिले बेलायतमा रहेका नेपालीहरू विशेषगरी राप्ती क्षेत्रबाट आएका समुदायबीच एकता, सहयोग र साँस्कृतिक प्रवर्द्धनमा अझ सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला