
लन्डन – बेलायतमा क्रियाशील सामाजिक संस्था राप्ती समाज यूकेको १०औं कार्यसमितिका लागि हालै सम्पन्न निर्वाचनबाट नयाँ पदाधिकारीहरू चयन भएका छन्। नव निर्वाचित सम्पूर्ण टिमलाई सफल कार्यकालको शुभकामना दिँदै समाजले नयाँ योजनासहित अगाडी बढ्ने प्रतिवद्धता जनाएको छ।
समाजको अध्यक्षमा चन्द्रबहादुर शाही चयन भएका छन्। उपाध्यक्षमा कृष्णा घर्ति मगर र कमलबहादुर पुन मगरले जिम्मेवारी सम्हाल्ने भएका छन्। सचिवको भूमिकामा दीपक बुढा मगर र कोषाध्यक्षको रूपमा नन्दबहादुर क्षेत्री चयन भएका छन्।
सह–सचिवमा भीम पुन मगर, सह–कोषाध्यक्षमा पवित्र केसी रहेका छन्। सदस्यहरूमा सूर्यबहादुर बुढा मगर, जयबहादुर घर्ती मगर, हुमा थापा मगर, शालिकराम पुन मगर, लालु बुढा मगर, कमलसिंह ठकुरी, माला घर्ती (बुढा) मगर, ओम बुढा मगर, राजकुमार बुढा मगर, मानबहादुर थापा मगर, तिलक पुन मगर र तारा घर्ती मगर छन्।
युवा समूहतर्फ हिमाल गुरुङ, नितिका बुढा मगर, कञ्चन रोका मगर र महेश बुढा मगर सदस्यको रूपमा चयन भएका छन्।
त्यसैगरी, युनिट प्रतिनिधिका रूपमा रोहित बुढा मगर (१ आरजीआर), खड्क बुढा मगर (२ आरजीआर), शिशिर बुढा मगर (क्युजीई), नरबहादुर घर्ती मगर (क्युजिएस) र प्रतापसिंह ठकुरी (क्युओजिएलआर) रहेका छन्।
नयाँ कार्यसमितिले बेलायतमा रहेका नेपालीहरू विशेषगरी राप्ती क्षेत्रबाट आएका समुदायबीच एकता, सहयोग र साँस्कृतिक प्रवर्द्धनमा अझ सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा