
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा शनिबार दिउँसो ४ बजेसम्ममा २ हजार १९० मतदान भएको छ ।
निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिमखडाले फेसबुक लाइभमार्फत उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार इंग्ल्यान्डमा १ हजार १४, स्कट्यान्डमा ९१५ र वेल्समा ४२ र नर्दन आयरल्यान्डमा ३९ मतदान भएको छ ।
एनआरएनए यूकेमा भेरो भोटिङमार्फत शनिबार मध्यरात १२ बजेदेखि मतदान सुरु भएको हो । मतदान आज बेलुका १० बजेसम्म खुला रहने निर्वाचन समितिले जनाएको छ । जम्मा मतदाता संख्या ३५ सय १ रहेका छन् ।
नयाँ कार्यसमितिका लागि अध्यक्षमा तीन, दुई खुला उपाध्यक्षमा चार, स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा दुई, महासचिवमा दुई, दुई सचिवमा तीन, इंग्ल्याण्ड राज्य परिषद् अध्यक्षमा दुई र तीन आइसीसी सदस्यको लागि चार उम्मेदवार चुनावी मैदानमा छन् । अध्यक्षमा राजेन्द्र पुडासैनी, मनिष खत्री र गोविन्द खरेल प्रतिस्पर्धा गर्दै छन् ।
खुला उपाध्यक्षमा डा रक्षा थापा, शम्भुप्रसाद अर्याल, उज्ज्वल कार्की र ज्ञानेन्द्र आले, महासचिवमा पुण्य रेग्मी र दिवाकर पाण्डे, सचिवमा डिएन खराल, भूपाल कार्की र कृष्ण देवकोटा, इंग्ल्याण्ड परिषद अध्यक्षमा अहिल्या कुँवर र राममाया विष्ट तथा आइसीसी सदस्यमा तुंगभद्र भुषाल, देउमान इजम, छविलाल अर्याल र विष्णु खरेल उम्मेदवार रहेका छन् ।
निर्वाचन समितिले मध्यरातसम्ममा नतिजा घोषणा गर्ने तयारी रहेको जनाएको छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला