लन्डन । गैरआवासीय नेपाली संघ (एनआरुएनए) को २०२५–२०२७ कार्यकालको सदस्यता विवरण सार्वजनिक गरिएको छ ।
२७ जुन २०२५ सम्मको तथ्यांकअनुसार, हालसम्म कुल ५३ हजार ८४ जना सदस्यता स्वीकृत भएका छन् भने ७ हजार ६३१ नयाँ सदस्यता आवेदनहरू स्वीकृतको प्रक्रियामा रहेको एनआरएनएले जनाएको छ । जसमध्ये यूकेबाट २ हजार ७७२ जना सदस्य रहेका छन् ।
देश अनुसार सदस्य संख्या:
१ . जापान – १८,४३५ जना
२. अष्ट्रेलिया – १५,३०० जना
३. संयुक्त अधिराज्य (यूके) – २,७७२ जना
४. क्यानडा – ३,१६५ जना
५. साउदी अरेबिया – ३,१२७ जना
६. अमेरिका – २,६०१ जना
७. संयुक्त अरब इमिरेट्स (युएई) – १,५५६ जना
८. आयरल्यान्ड – १,१०६ जना
संघको क्षेत्रगत विवरण अनुसार:
क्षेत्रगत सहभागिता औसतमा
१. एशिया प्यासिफिक – ३६.०%
२. ओसिनिया – ३०.६%
३. युरोप -१२.२%
४. अमेरिका क्षेत्र – (१०.८%
५. मध्यपूर्व – ९.२%
६. अफ्रिका – १.०%
हालसम्म ५२ वटा राष्ट्रिय समन्वय परिषद् (NCC)हरू MIS प्रणालीमा आबद्ध छन् भने १४३ वटा परिषद्हरूलाई सदस्यता स्वीकृत गर्नका लागि प्रशासनिक पहुँच (admin access) प्रदान गरिएको छ । सदस्यता संकलनमा जापान लगातार शीर्ष स्थानमा रहेको देखिन्छ भने अष्ट्रेलियाको सहभागिता पनि उल्लेखनीय छ । संघले Smart NRNA मोबाइल एपमार्फत पनि सदस्यता संकलनको प्रक्रिया सजिलो बनाएको छ । आगामी दिनमा थप सदस्यता आवेदनहरूको स्वीकृति भएपछि यो संख्या अझै वृद्धि हुने अनुमान गरिएको एनआरएनएले जनाएको छ ।