
मिडल्याण्ड, बेलायत – विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा, बेलायतले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति घोषणा गरेको छ।
२०२५–२०२७ कार्यकालका लागि गठित समितिको अध्यक्षमा भरतकुमार श्रेष्ठ “विवश” चयन भएका छन्। उपाध्यक्षहरूमा बाबुराम भुषाल “शिल”, प्राध्यापक डा. ओम कुर्मी र हरिशचन्द्र नेपाली चयन भएका छन्।
सचिवको जिम्मेवारी प्राध्यापक डा. प्रदीप लामिछानेले सम्हाल्ने भएका छन् भने उपसचिवमा ललित परियार चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी कल्पना दाहाललाई दिइएको छ। कार्यसमितिका सदस्यहरूमा एलिना संग्रौला, ज्ञानु दाहाल, सत्य श्रेष्ठ, प्रकाश आचार्य, सीता पौडेल, राजन खनाल, सरोज पौडेल र कला पोखरेल रहेका छन्।
सल्लाहकारका रूपमा ख्यातिप्राप्त कथाकार, निबन्धकार, कवि तथा गजलकार डा. टिका भण्डारी र प्रसिद्ध गजलकार डा. सुधा शाहीले समिति सल्लाहकार मण्डलमा योगदान दिनेछन्।
नवगठित कार्यसमितिले बेलायतमा बसोबास गर्ने नेपाली समुदायमा साहित्यिक चेतना फैलाउने, नेपाली भाषा र साहित्यको प्रवर्द्धन गर्ने र नयाँ पुस्तालाई साहित्यमा सक्रिय बनाउने उद्देश्यका साथ आफ्नो कार्यकाल अघि बढाउने प्रतिबद्धता जनाएको छ।
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने