
मिडल्याण्ड, बेलायत – विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा, बेलायतले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति घोषणा गरेको छ।
२०२५–२०२७ कार्यकालका लागि गठित समितिको अध्यक्षमा भरतकुमार श्रेष्ठ “विवश” चयन भएका छन्। उपाध्यक्षहरूमा बाबुराम भुषाल “शिल”, प्राध्यापक डा. ओम कुर्मी र हरिशचन्द्र नेपाली चयन भएका छन्।
सचिवको जिम्मेवारी प्राध्यापक डा. प्रदीप लामिछानेले सम्हाल्ने भएका छन् भने उपसचिवमा ललित परियार चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी कल्पना दाहाललाई दिइएको छ। कार्यसमितिका सदस्यहरूमा एलिना संग्रौला, ज्ञानु दाहाल, सत्य श्रेष्ठ, प्रकाश आचार्य, सीता पौडेल, राजन खनाल, सरोज पौडेल र कला पोखरेल रहेका छन्।
सल्लाहकारका रूपमा ख्यातिप्राप्त कथाकार, निबन्धकार, कवि तथा गजलकार डा. टिका भण्डारी र प्रसिद्ध गजलकार डा. सुधा शाहीले समिति सल्लाहकार मण्डलमा योगदान दिनेछन्।
नवगठित कार्यसमितिले बेलायतमा बसोबास गर्ने नेपाली समुदायमा साहित्यिक चेतना फैलाउने, नेपाली भाषा र साहित्यको प्रवर्द्धन गर्ने र नयाँ पुस्तालाई साहित्यमा सक्रिय बनाउने उद्देश्यका साथ आफ्नो कार्यकाल अघि बढाउने प्रतिबद्धता जनाएको छ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे