लण्डन । बेलायतीबासी गैरआवासीय नेपालीहरूको प्रबर्धनमा स्थापित सोलार फार्म लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।
लिमिटेडको आयोजनास्थल तनहुँको शुक्लागण्डकी नगरपालिका बेलचौतारामा शुक्रबार सम्पन्न विशेष साधारणसभाले कम्पनीको चुक्ता पुँजी बढाउन एक शेयर बराबर शून्य दशमलब तीनतीन प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भएको साधारणसभाले गरेको निर्णयअनुसार अब कम्पनीको चुक्ता पुँजी ४५ करोडबाट ६० करोड पुग्नेछ । सो पुँजी लिमिटेडले रुपन्देही र कपिलवस्तुमा बनाउन लागेको ९० मेघावाट सौर्य उर्जा उत्पादनमा लगानी गरिने बताइएको छ ।
सोलार फार्म लिमिटेडले तनहुँको बेलचौतारामा पाँच मेघावाट सौर्ज उर्जा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ ।