
लन्डन । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–२० आई शृङ्खलामा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल विजयी भएको छ । स्कटल्याण्डको ग्लासगोमा बिहीबार बेलुकी सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटले पराजित गरेको हो । यस जितसँगै तीन खेलमा चार अङ्क जोडेको नेपाल नेट रनरेटमा नेदरल्यान्ड्सलाई पछाडि पार्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
खेलमा एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव चार ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ५१ बलमा छ चौकाको सहयोगमा ६५ रनको अर्धशतकीय पारी खेले ।
त्यसैगरी, नेपालका अर्का ओपनर आसिफ शेखले कुशलसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गर्दै छ बलमा सात रनका साथ आउट भए । दोस्रो विकेटका लागि कुशलले भीम सार्कीसँग मिलेर ५४ रनको साझेदारी गरे । भीमले १६ बलमा दुई चौका र एक छक्काको सहयोगमा २७ रनमा आउट भए ।
कप्तान रोहितकुमार पौडेलले सात बलमा पाँच रन जोड्दै आउट भए । आरिफ शेखले २३ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३९ रन जोडे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले १२ बलमा १६ रनमा अविजित रहे । लोकस बम चार बलमा १२ रनमा अविजित रहे ।
नेदरल्याण्ड्सका रोलफ भान डर, मर्वे बेन फ्लेचर, आर्यन दत्त र जाच लायन काचेटले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रनको योगफल बनाएको थियो ।
नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले सर्वाधिक ८६ रनको योगफल बनाए । उनले ५३ बलमा छ चौका र पाँच छक्काको सहयोगमा ८६ रन बनाएका हुन् । त्यस्तै रोइलेफ भान डर मिर्वोले २१ बलमा ३६ रन बनाए भने आर्यान दत्तले १८ बलमा १७ रन बनाउँदै नटआउट रहे । सकिव जुल्फिकरले ११ बलमा १४ रन जोडे । त्यसबाहेक नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका लागि करण केसीले दुई विकेट लिए भने सन्दीप लामिछाने, रुपेस सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए । अब नेपालले भोलि शृङ्खलाको अन्तिम खेल स्कटल्याण्डसँग खेल्ने छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा