
लन्डन । तनहुँ समाज यूकेमा नयाँ कार्यसमिति चयन भएको छ ।
फानबोरोस्थित स्यामुयल कोडी स्पोर्ट्स कलेजमा शनिबार ७ जुन २०२५ मा भएको समाजको १८औं वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रममा शान्त गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षहरुमा निर्मला थापा, बोध बिक्रम थापा र कृष्ण थापा, महासचिवमा महेन्द्र आले, सचिवमा शोभा रेग्मी गौतम, कोषाध्यक्षमा जसप्रसाद आले र सहकोषाध्यक्षमा कृष्ण (किसान)आले चयन हुनुभएको छ ।
सदस्यहरुमा डा.प्रकाश गौतम, अनिल थापा, लोकेन्द्र गुरुङ, कुल थापा, पूर्णकुमार आले, जयराम थापा, पिताम्बर गुरुङ, मनसुधन थापा, पवन राना, याम थापा, गुडदु गुरुङ, दुर्गाबहादुर गुरुङ, डम्मरसिंह गुरुङ सर्वसम्मत चयन भएको तनहुँ समाज यूकेले जनाएको छ ।
यसैबीच, वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम संस्थाका अध्यक्ष केशर रानामगरको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा नेपालबाट आउनुभएका राष्ट्रियस्तरका कलाकारहरु प्रसाद खप्तडी मगर,बालचन्द्र बराल, देबी आले र पबित्रा गुरुङले दर्शक स्रोताहरुलाई विभिन्न गीत प्रस्तुत गरी भरपुर मनोरन्जन दिलाउनुभएको थियो ।
यस्तै स्थानीय कलाकारहरु दुर्गा गुरुङ,रोनिशा आले,सम्प्रदा राई,जेनम राई र अर्चिता गौतमले आकर्षक नृत्य गर्नुभयो । साथै कार्यक्रममा प्रत्यक्ष मौलिक कौराहा नृत्य पनि प्रस्तुत गरिएको थियो । तनहुँ समाज यूकेका पदाधिकारी, सदस्यहरु तथा उपस्थित दर्शक कलाकारहरुसँगै नाचेका थिए । कलाकारलाई हौसला प्रदान गर्न उनीहरुले पैसाको फूल लगाइदिएका थिए ।
कार्यक्रममा सहभागी हुने वयस्कले २५ पाउन्ड, ज्येष्ठ नागरिकले २२ पाउन्ड र बालबालिकालाई १५ पाउन्ड शुल्क तोकिएको थियो । कार्यक्रम मध्याह्न १२ बजेपछि सुरु भएको थियो । तनहुँ समाज यूके सन् २००८ मा स्थापना भएको हो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा