लन्डन । बेलायतमा रसमोर बरो काउन्सिलले रानी भिक्टोरियाको सम्झनामा मनाउने ‘भिक्टोरिया डे’शनिबार मनाइएको छ ।
रश्मोर बरो काउन्सिलको आयोजनामा भिक्टोरिया डे मनाइएको हो । गत वर्षहरुमा झैं अल्डरसटको प्रिन्सेस हलबाट सुरु भएको मौलिक झाँकीसहितको र्याली नगर परिक्रमा गरी प्रिन्सेस गार्डेनमा पुगेको थियो । ग्रेटर रश्मोर नेप्लिज कम्युनिटीले विभिन्न नेपाली समुदायका संघ संस्थाहरूको नेतृत्व लिएको थियो । परेडमा यस पटक १८ वटा नेपाली संस्थाले भाग लिएको जीआरएनसी यूकेकी अध्यक्ष लीला सेलिङ माबोले जानकारी दिनुभयो ।

तमुधीं यूके, सहारा यूके, पास पुछ गुठी यूके, मगर संघ यूएचएसबी शाखा, बागलुङ समाज यूके, द्देपाल आदिवासी जनजाति महासंघ यूके,किरात याक्थुङ चुम्लुङ ग्रेटर रश्मोर शाखा यूके,किरात राई यायोक्खा रशमोर शाखा, एसियन महिला यूके, पाँचथर सेवा समाज यूके,बुद्धिष्ट कम्युनिटी सेन्टर यूके, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, गोर्खा आमा समूह अल्डरसट एम्पायर हल,फ्लिट नेपाली कम्युनिटी, फस्ट गोर्खा आमा समूह, ब्लाक वाटर नेपाली कम्युनिटी, किरात राई यायोक्खा अल्डरसट प्राइमरी कमिटीलगायतले आ–आफ्नो ब्यानर बोकेर मार्चपास गरेका थिए ।
अल्डरसट टाउन सेन्टरमा बिहान १० देखि अपराह्न ४ बजेसम्म भएको समारोहमा विभिन्न जातजातिका नेपालीहरु आफ्नो मौलिक भेषभूषा र गरगहनाले सजिएर नेपाली नौमती बाजा, कौरा, सोरठी,च्याब्रुङ बाजा गाजाको साथ उपस्थित भएका थिए ।
‘भिक्टोरिया डे’ मनोरन्जनपूर्ण एउटा जमघट हो जहाँ पारिवारिक गतिविधि, लाइभ म्यूजिक, नृत्य र स्टलहरु राखिन्छ । यो हरेक वर्ष आयोजना हुने गर्दछ ।
रानी भिक्टोरियासँग अल्डरसटको निकट सम्बन्ध स्मरण गर्न सो दिनलाई विशेष रुपमा मनाइन्छ ।





नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’