
लन्डन । बेलायतस्थित नेपाली पेशागत विज्ञहरूको संस्था सोसाइटी अफ नेपालिज प्रोफेशनल्स-यूके (एसओएनपी-यूके) र नीति अनुसन्धान प्रतिष्ठानबीच नीति अनुसन्धान, क्षमता विकास र ज्ञान आदानप्रदानमा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रतिष्ठानको कार्यालयमा बुधबार आयोजित समारोहमा प्रतिष्ठानका कार्यालय प्रमुख लक्ष्मणप्रसाद भट्टराई र एसओएनपी-यूकेका अध्यक्ष गजेन्द्र कटुवालले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्मा र अनुसन्धान फेलोहरूको उपस्थिति रहेको थियो ।
नीति अनुसन्धान प्रतिष्ठान र बेलायतस्थित एसओएनपी-यूकेबीच नीति अनुसन्धान, क्षमता विकास र ज्ञान आदान प्रदानमा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो । समारोहमा अध्यक्ष कटुवालले एसओएनपी-यूकेको उद्देश्य, दक्षता क्षेत्र र चालु गतिविधिबारे जानकारी दिँदै नेपालमा प्रभावकारी सहकार्यको सम्भावनाबारे बताउनुभयो । उहाँले प्रतिष्ठानसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै प्रवासमा बसेर पनि नेपालको दिगो विकास र रुपान्तरणमा सक्दो योगदान गर्ने हुटहुटीले गर्दा आफूहरु नीति अनुसन्धान प्रतिष्ठानसँग जोडिन आइपुगेको बताउनुभयो ।
त्यस्तै, प्रा. डा. शर्माले नेपालको सार्वजनिक नीति निर्माणमा अन्तर्राष्ट्रिय अनुभव र पेशागत विज्ञताको महत्त्वपूर्ण भूमिका हुने कुरामा जोड दिनुभयो । प्रतिष्ठानका अनुसन्धान फेलोहरूले सहकार्यका सम्भावित प्रारम्भिक तथा दीर्घकालीन गतिविधिबारे आफ्नो धारणा राखेका थिए ।
समझदारीपत्रमा निम्नानुसार सहयोगको रूपरेखा समावेश छ :
क्षमता विकास: संयुक्त प्रशिक्षण, कार्यशाला तथा नीति विश्लेषण सम्बन्धी सीप अभिवृद्धि कार्यक्रमहरू।
ज्ञान आदानप्रदान: अनुसन्धान निष्कर्ष, नीति सम्बन्धी अन्तर्दृष्टि र सफल अभ्यासहरूको आदानप्रदान।
संयुक्त अनुसन्धान: सह-लेखकत्वमा नीति अध्ययन, प्रकाशन र तथ्यमा आधारित विश्लेषणहरू।
पेशागत आदानप्रदान: भर्चुअल प्रवचन, वेबिनार, संस्था भ्रमण तथा सञ्जाल विस्तारका अवसरहरू।
यो समझदारीपत्र प्रारम्भमा चार वर्षका लागि मान्य हुनेछ र कुनै पक्षले पूर्व-लिखित सूचना नदिएसम्म स्वतः थप चार वर्षका लागि नवीकरण हुनेछ ।
नेपाल र बेलायतमा रहेका पेशेवरहरूलाई जोड्दै यो सहकार्यले व्यापक नीति अनुसन्धान संस्कृति विकास गर्ने लक्ष्य लिएको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा