
लन्डन । नेकपा एमाले महासचिव शंकर पोखरेल पार्टी निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको नवौं अधिवेशन उद्घाटन गर्न बेलायत भ्रमणमा आउनुहुने भएको छ ।
आगामी १२ जुनमा यूरोप हुँदै बेलायतमा भ्रमणमा आउन लागेका महासचिव पोखरेलले नवौं अधिवेशनमा प्रमुख अतिथिका रुपमा भाग लिनुहुनेछ । अधिवेशनमा एमाले यूरोप इन्चार्ज घनश्याम पाण्डे र प्रवासी नेपाली अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष संजय थापा र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य प्रभु थापासहितका नेताहरु अतिथिका रुपमा सहभागी हुनेछन् ।
आगामी १५ जुनमा बेलायतस्थित लेस्टरमा हुन लागेको महाधिवेशनले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । एमाले महासचिव पोखरेल बेलायत रहँदा नेपाली दूतावास लन्डनद्वारा आयोजित विभिन्न कार्यक्रममा सरिक हुनुहुनेछ ।
त्यस्तै, नेपाल बेलायतबीचको दौत्य सम्बन्ध, नेपाल बेलायतबीचको व्यापार, लगानी, पर्यटन अभिवृद्धि कार्यक्रममा नेता पोखरेल सहभागी हुनुहुनेछ । साथै, नेपाल र बेलायती राजनीतिक दलहरुबीच द्विपक्षीय सम्बन्ध अघि बढाउन लन्डनस्थित बेलायती सरकारी निकाय र राजनीतिक दलका विभिन्न पक्षहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । महासचिव पोखरेल लन्डन हाईगेटस्थित कार्ल मार्क्सको समाधिस्थलमा पुष्पगुच्छा अर्पण कार्यक्रमपछि बेलायतस्थित नेपाली समुदायसँग अन्तरक्रिया र भेटघाट गरी पूर्वगोर्खाका आन्दोलन, गैरआवासीय नेपाली नागरिकता र अन्य सरोकारित विषयमा छलफल गर्नुहुनेछ ।
महासचिव पोखरेलले बेलायत भ्रमणमा आउनुअघि काठमाडौंस्थित बेलायती दूतावास भ्रमण गरी राजदूत रब फेनसँग भेट्नुभएको छ । उहाँले दुई देशबीचको आपसी चासोको विषय र आफ्नो आसन्न बेलायत भ्रमणबारे छलफल गर्नुभएको छ ।
महासचिव पोखरेललाई बेलायतमा स्वागत गर्न सम्पूर्ण तयारी भैसकेको ओनएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले जानकारी दिनुभएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा