एनआरएनए यूकेको निर्वाचन तालिका हेरफेर, कुन पदलाई उम्मेदवारी शुल्क कति ?

एमआइएस प्रणालीमार्फत सदस्यता लिने अन्तिम मिति २५ जुन राति ११:५९ सम्म

लन्डन । हितकाजी गुरुङ नेतृत्वको गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को निर्वाचन तालिका परिमार्जन भएको छ ।

निर्वाचन र राष्ट्रिय महाधिवेशनको संशोधित निर्वाचन तालिका हालै सार्वजनिक गरिएको हो ।

एनआरएनए यूके निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडाले आगामी २६ जुलाईमा निर्वाचन (मतदान–अनलाइनमार्फत) र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा तय गरिएको जनाउनुभयो । उहाँका अनुसार एमआइएस प्रणालीमार्फत सदस्यता लिने अन्तिम मिति २५ जुन, २०२५, राति ११:५९ सम्म जारी रहने छ ।

सदस्यता बन्दा नवीकरणका बेला प्रयोग भएको फोन नम्बर र इमेल सुरक्षित राख्न पनि समितिले विशेष अनुरोध गरेको छ ।

गैरआवासीय नेपाली संघको विधानतः प्रत्येक २ वर्षको जुलाईभित्र सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्‍को निर्वाचन गर्नुपर्ने वैधानिक ब्यवस्था छ । एमआइएस माध्यमबाट बनिने सदस्यहरुले उक्त निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

यसैबीच नयाँ कार्यसमिति चयनका लागि पदाधिकारी तथा सदस्यहरुको उम्मेदवारी शुल्कसमेत निर्धारण गरिएको छ ।

हेर्नुहोस् कुन पदमा कति ?

प्रतिक्रिया

सम्बन्धित सामाग्री