
लन्डन । तनहुँ समाज यूकेले आगामी ७ जुन २०२५ मा १८ औं वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम गर्ने भएको छ ।
सांस्कृतिक कार्यक्रम, राफल ड्रलगायत विभिन्न कार्यक्रमका साथ तनहुँ समाजले शनिबार ७ जूनमा भेटघाट र बीबीक्यु आयोजना गर्न लागेको हो । फानबोरोस्थित स्यामुयल कोडी स्पोर्ट्स कलेजमा हुने कार्यक्रममा नेपालबाट आएका लोकप्रिय कलाकारहरु प्रसाद खप्तरी मगर, देवी आले,पवित्रा गुरुङ, बालचन्द्र बरालले प्रस्तुति दिनुहुनेछ ।
यस्तै स्थानीय कलाकारहरु सम्पदा राई, अर्चिता गौतम, रोनीशा आलेले पनि आफ्नो कला देखाउनुहुनेछ । साथै कौरा कलाकार ग्रुपको पनि प्रस्तुति रहने तनहुँ समाज यूकेका अध्यक्ष केशर राना मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा राफल ड्र पनि खेलाइने छ । जसको प्रथम पुरस्कार आधा तोला सुन रहेको छ ।
कार्यक्रममा सहभागी हुने वयस्कले २५ पाउन्ड, ज्येष्ठ नागरिकले २२ पाउन्ड र बालबालिकाले १५ पाउन्ड शुल्क तिर्नुपर्ने छ । कार्यक्रमको समय मध्यान्दे १२ बजेदेखि राति १० बजेसम्म तोकिएको छ ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह