
लन्डन । तनहुँ समाज यूकेले आगामी ७ जुन २०२५ मा १८ औं वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम गर्ने भएको छ ।
सांस्कृतिक कार्यक्रम, राफल ड्रलगायत विभिन्न कार्यक्रमका साथ तनहुँ समाजले शनिबार ७ जूनमा भेटघाट र बीबीक्यु आयोजना गर्न लागेको हो । फानबोरोस्थित स्यामुयल कोडी स्पोर्ट्स कलेजमा हुने कार्यक्रममा नेपालबाट आएका लोकप्रिय कलाकारहरु प्रसाद खप्तरी मगर, देवी आले,पवित्रा गुरुङ, बालचन्द्र बरालले प्रस्तुति दिनुहुनेछ ।
यस्तै स्थानीय कलाकारहरु सम्पदा राई, अर्चिता गौतम, रोनीशा आलेले पनि आफ्नो कला देखाउनुहुनेछ । साथै कौरा कलाकार ग्रुपको पनि प्रस्तुति रहने तनहुँ समाज यूकेका अध्यक्ष केशर राना मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा राफल ड्र पनि खेलाइने छ । जसको प्रथम पुरस्कार आधा तोला सुन रहेको छ ।
कार्यक्रममा सहभागी हुने वयस्कले २५ पाउन्ड, ज्येष्ठ नागरिकले २२ पाउन्ड र बालबालिकाले १५ पाउन्ड शुल्क तिर्नुपर्ने छ । कार्यक्रमको समय मध्यान्दे १२ बजेदेखि राति १० बजेसम्म तोकिएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा