
लन्डन । सागरमाथा गोर्खा/नेपाली समाज आस्फोर्ड, केन्टको ११ औँ महाधिवेशन यही शनिबार ३१ मेमा हुँदै छ ।
आस्फोर्ड केन्टमा रहेको साइमन सभाहलमा शनिबार महाधिवशेन हुने संस्थाका अध्यक्ष डम्बर सिंगक लिम्बुले जानकारी दिनुभएको हो । उहाँले महाधिवेशनबाट १२ औं कमिटी चयन, युवा र महिला कमिटीसमेत छनौट गरिने बताउनुभयो ।
नयाँ कार्यसमितिको लागि सगरमाथाा गोर्खा समाजको हरेक २ वर्षमा महाधिवेशन हुने गरेको छ ।
सागरमाथा गोर्खा/नेपाली समाज आस्फोर्ड नैतिक अनुशासनलाई प्राथमिकतामा राख्दै आउँदो युवा पुस्ताहरुको आकांक्षा, भावना र नेपाली समुदायलाई आवश्यक पर्ने गुण र खुराकलाई मध्यनजर गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक विकास सामाजिक, सद्भाव, भाईचारा, तथा आर्थिक उन्नति, ब्यक्तित्व विकास, युथहरुलाई कसरी कुलतबाट अलग गराउने भन्ने जनचेतनामूलक शिक्षा र समसामयिक क्रियाकलापहरु निरन्तर गर्ने लक्ष्य, उद्देश्सहित सन् २००४ मा स्थापना भएको हो । यस्ता कार्य गतिविधिले आउँदो पुस्तामा भाषिक, धार्मिक, सांस्कृतिक, हस्तान्तरणको विकास हुनका साथै नेपालीपनको, सामाजिक परम्पराको दर्बिलो विकास र निरन्तर उत्थानमा ठूलो टेवा पुग्ने अध्यक्ष सिंगकको विश्वास छ ।
सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड केन्टले आफ्नो साझा भवन निमार्णका लागि जग्गासमेत खरिद गरेको छ भने स्थानीय समुदाय र स्थानीय सरकारसँग समन्वय गर्दै सन् २००९ सालदेखि हरेक वर्ष संस्थाले नेपालीहरुको बाक्लो उपस्थितिमा नगर, सहर, पार्कजस्ता ठाउँमा सरसफाईको अभियान चलाउँदै आएको छ ।
बाढी, पहिरो, आगो लागि, बिरामी पीडितहरुलाई आर्थिक डोनेसन गर्नुका साथै असहाय, अनाथहरुलाई खाद्य तथा लत्ता कपडाजस्ता आवश्यकीय वस्तुहरुसमेत वितरण गर्दै आएको अध्यक्ष सिंगकले बताउनुभयो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा