लन्डन । सागरमाथा गोर्खा/नेपाली समाज आस्फोर्ड, केन्टको ११ औँ महाधिवेशन यही शनिबार ३१ मेमा हुँदै छ ।
आस्फोर्ड केन्टमा रहेको साइमन सभाहलमा शनिबार महाधिवशेन हुने संस्थाका अध्यक्ष डम्बर सिंगक लिम्बुले जानकारी दिनुभएको हो । उहाँले महाधिवेशनबाट १२ औं कमिटी चयन, युवा र महिला कमिटीसमेत छनौट गरिने बताउनुभयो ।
नयाँ कार्यसमितिको लागि सगरमाथाा गोर्खा समाजको हरेक २ वर्षमा महाधिवेशन हुने गरेको छ ।
सागरमाथा गोर्खा/नेपाली समाज आस्फोर्ड नैतिक अनुशासनलाई प्राथमिकतामा राख्दै आउँदो युवा पुस्ताहरुको आकांक्षा, भावना र नेपाली समुदायलाई आवश्यक पर्ने गुण र खुराकलाई मध्यनजर गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक विकास सामाजिक, सद्भाव, भाईचारा, तथा आर्थिक उन्नति, ब्यक्तित्व विकास, युथहरुलाई कसरी कुलतबाट अलग गराउने भन्ने जनचेतनामूलक शिक्षा र समसामयिक क्रियाकलापहरु निरन्तर गर्ने लक्ष्य, उद्देश्सहित सन् २००४ मा स्थापना भएको हो । यस्ता कार्य गतिविधिले आउँदो पुस्तामा भाषिक, धार्मिक, सांस्कृतिक, हस्तान्तरणको विकास हुनका साथै नेपालीपनको, सामाजिक परम्पराको दर्बिलो विकास र निरन्तर उत्थानमा ठूलो टेवा पुग्ने अध्यक्ष सिंगकको विश्वास छ ।
सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड केन्टले आफ्नो साझा भवन निमार्णका लागि जग्गासमेत खरिद गरेको छ भने स्थानीय समुदाय र स्थानीय सरकारसँग समन्वय गर्दै सन् २००९ सालदेखि हरेक वर्ष संस्थाले नेपालीहरुको बाक्लो उपस्थितिमा नगर, सहर, पार्कजस्ता ठाउँमा सरसफाईको अभियान चलाउँदै आएको छ ।
बाढी, पहिरो, आगो लागि, बिरामी पीडितहरुलाई आर्थिक डोनेसन गर्नुका साथै असहाय, अनाथहरुलाई खाद्य तथा लत्ता कपडाजस्ता आवश्यकीय वस्तुहरुसमेत वितरण गर्दै आएको अध्यक्ष सिंगकले बताउनुभयो ।