लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) ले आगामी ५ जुलाई २०२५ डिनर नाइट तथा भेटघाट कार्यक्रम गर्ने भएको छ ।
सोमबार १९ मे मा बसेको बैठकले यसअघि स्थगित डिनर नाइट तथा भेटघाट कार्यक्रमको नयाँ मिति तय गर्ने निर्णय गरेको हो । बैठकले कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरेलाई बोलाउने निर्णयसमेत गरेको नेफिन यूकेका महासचिव फाराम दुराले जानकारी दिनुभयो ।
यस्ता छन् नेफिन यूकेका बैठकका निर्णयहरु
(NEFIN UK’s Zoom Meeting on Monday 19th of 2025.)
माथि उल्लेखित दिन र समयमा नेपाल आदिवासी जनजाति महासंघ बेलायतको virtual Zoom Meeting मा तपशिलमा उल्नेखित बिषयहरूमा छलफल साथै निर्णयहरू भएको छ ।
उक्त zoom Meeting मा महासंघका सल्लाहकार ज्युहरू जातिय संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरू कार्य समितीका सदस्यहरू गरि २४ जना ब्याक्तित्वहरूको सहभागिता थियो ।
यस Meeting मा NEFIN बेलायतले गर्न लागेको Dinner Night तथा भेटघाट कार्यक्रम गर्ने बिषयमा छलफल र निर्णयहरू गरेका थिए ।
१. NEFIN UK ले २४ मेई २०२५ को दिन गर्न लागेको Dinner Night तथा भेटघाट कार्यक्रम बिभिन्न कारण बस Postpone गर्न पर्ने भएकोले उक्त कार्यक्रम गर्नको लागी नया Date कहिने गर्ने भन्ने बिषयको छलफलमा उक्त कार्यक्रम ०५ जुलाईको दिन गर्ने निर्णय गरेको छ ।
२. NEFIN UK को Dinner Night तथा भेटघाट कार्यक्रममा प्रमुख अतिथि कसलाई बोलाउने भन्ने बिषयमा बेलायतको लागी नेपाली राजदुतलाई बोलाउने निर्णय भएको छ ।
३. कार्यक्रम गर्दा कार्यक्रमको नाम तथा Nature of programme को बारेमा भएको छलफलमा कार्यक्रमको नाम NEFIN UK को Dinner Night तथा बार्षिक भेटघाट कार्यक्रम भन्ने र यस कार्यक्रमलाई NEFIN UK को आर्थिक अबस्थामा सहयोग पुग्ने गरि नेपाली समुदयका महासंघका शुभचिन्तक ब्याक्तित्वहरू, बिभिन्न बेलायतका महासंघ संग आबध्द जातिय संस्थाहरू, बिभिन्न ब्याबसाईक सघ संस्थाहरू साथै महासंघका सल्लाहकार र कार्यसमितीको सदस्यहरूलाई स्वइच्छले सकेको आर्थिक सहयोग गरि दिन निनम्र अनुरोध गर्ने भन्ने निर्णय भएको छ ।
४. यस Zoom Meeting मा आदिबासी जनजाति महासंघले गर्ने FEFIN UK Dinner Night तथा बार्षिक भेटघाट कार्यक्रम र NEFIN UK ले गर्न लागेको बिश्व आदिवासी दिवास कार्यक्रमको लागी आयोजक कमिटीको गठन गर्ने भनि निर्णय गरेको छ ।
५. Dinner Night तथा बार्षिक भेटघाट कार्यक्रमको लागी Ticketing, Food and Drinks, Guests invitations को लागी कार्यसमिती र कार्यक्रम आयोजक समितीलाई जिम्म दिएको निर्णय गरेको छ ।
फाराम दुरा
महासचिब
NEFIN UK