
लन्डन । मगर संघ यूकेको आयोजनामा आउँदो जुन १४ तारिखका दिन बेलायतमा हुने नेपाली ओपन कन्सर्टमा नेपालबाट चर्चित कलाकारहरू खेम सेन्चुरी र अन्जु पन्तलगायतका कलाकार बेलायत आउनुहुने भएको छ ।
मगर संघ यूकेले कन्सर्टका बारेमा जानकारी दिन बुधबार २१ मे २०२५ मा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । कार्यक्रममा भ्वाइस अफ नेपाली सिजन ६ का कोच सेन्चुरी र सदाबहार गायिका पन्तका साथै भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल युवा कलाकार विजय ठाडाले पनि प्रस्तुति दिनुहुनेछ ।
‘म्यूजिक फर युनिटी’ श्लोगनका साथ बिहान ११ देखि बेलुकी ८ बजेसम्म हुने कार्यक्रममा बालबालिकाका लागि मनोरन्जनात्मक खेलका साथै युवा, बयस्क र ज्येष्ठ नागरिक सबैलाई मनोरन्जन दिने सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।
कार्यक्रममा नेपालबाट आएका अन्य कलाकारहरूका साथै बेलायतका स्थानीय कलाकारहरूले नृत्य पनि प्रस्तुत गर्नेछन् । मगर संघ यूकेले हरेक वर्ष आयोजना गर्ने मगर गट ट्यालेण्टका विजेताहरूले पनि प्रस्तुति दिनेछन् ।
फार्नब्रो रग्बी फुटबल क्लबमा हुने कार्यक्रममा भाग लिनका लागि १२ देखि १७ वर्षसम्मका बालबालिका र ६७ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि अग्रिम टिकट खरिद गरे जनही २० पाउन्ड र सोही दिन किन्दा २५ पाउन्ड प्रवेश शुल्क तोकिएको छ । १७ वर्षमाथि ६७ वर्षसम्मका लागि अग्रिम टिकट किन्दा जनही २५ पाउन्ड र सोही दिन खरिद गर्दा ३० पाउन्ड टिकट शुल्क तोकिएको छ । १२ वर्ष मुनी बालबालिकाका लागि प्रवेश नि:शुल्क राखिएको छ ।
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने कार्यक्रममा बेलायतका स्थानीय निकायका मेयर, उपमेयर, काउन्सिलरहरूका साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू अतिथि रहनुहुनेछ । कार्यक्रममा करिब ५ हजार दर्शकहरू सहभागी हुने अपेक्षा आयोजकले राखेका छन् ।
सन् २००२ सालमा स्थापना भएको मगर संघ यूकेले बेलायतमा नेपाली गीत, संगीत, कला, संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट आयोजना गर्दै आएको छ । बेलायतमा सबै उमेर समूहका मानिसहरूलाई सहभागी हुन मिल्ने किसिमको खुला मैदानमा आयोजना हुने बृहत सांस्कृतिक कार्यक्रम यो नै एक रहेको आयोजकको दाबी छ ।
कार्यक्रमलाई सफल पार्नका लागि मगर संघ यूकेले आफ्ना १२ वटै शाखाहरूलाई परिचालन गरिएको आयोजकले बताएका छन् । कार्यक्रममा बेलायतको विभिन्न वेल्स, क्याट्रिक, मिडल्याण्डलगायतका स्थानबाट सहभागी हुने बताइएको छ ।
कार्यक्रममा मगर महिला संघ यूकेले राफल ड्र सन्चालन गर्नेछ । राफल ड्रमा २०० पाउन्डदेखि ७०० पाउन्डसम्मको उपहार राखिएका छन् । पत्रकार सम्मेलनमा सोधिएका प्रश्नहरूको जवाफ कन्सर्टका प्रमुख संयोजक संघका वरिष्ठ उपाध्यक्ष रूद्र थापा र साँस्कृतिक सचिव नुनु पाइजाले जवाफ दिनुभएको थियो ।
पत्रकार सम्मेलनको अध्यक्षता अध्यक्ष लालबहादुर पुन र संचालन महासचिव गोमानसिंह पुनले गर्नुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा