
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले धार्मिक पूजापाठसहित २५६९ औं बुद्ध जयन्ती मनाएको छ । गत सोमबार मे १२ का दिन अल्डरसटस्थित एम्पायर हलमा काठमाडौं बौद्धस्थित सेचेन गुम्बाका दोर्जिन लामा निमा लुङ्गरिग रिन्पोछेको विशेष उपस्थितिमा धार्मिक प्रवचनका साथ बुद्ध जयन्ती मनाइएको हो ।
स्थानीय रस्मोर बोरो काउन्सिलका मेयर, काउन्सिलर, विभिन्न धार्मिक, सामाजिक एवं परोपकारी संघसंस्थाका प्रतिनिधि, समाजसेवी, उद्यमी, व्यापारीलगायत भक्तजनहरुको सहभागिता रहेको कार्यक्रममा दोर्जिन लुङ्गरिक रिन्पोछेले व्हाईट तारा लङ्ग लाईफ इम्वापरमेन्टको विशेषता र महत्वबारे प्रवचन दिनुभएको थियो । प्रचवनलाई लामा सेन प्राईसले अंग्रेजीमा र खेन्पो छेवाङ्गले नेपालीमा अनुवाद गर्नुभएको थियो । प्रवचनपश्चात् दोर्जिन रिन्पोछेले उपस्थित भक्तजनहरुलाई आयुको अभिषेक (वाङ) प्रदान गर्नुभएको थियो ।
दीप प्रज्ज्वलन सँगसँगै शुभमंगल पाठबाट सुरु भएको कार्यक्रममा स्थानीय रसमोर बरो काउन्सिलका मेयर मारा मकुनुराले शुभकामना मन्तव्य दिनुभएको थियो । त्यस्तै, बीसीसी यूकेका कार्यवाहक अध्यक्ष एवं बुद्ध जयन्ती समारोह आयोजक समितिका संयोजक रोबिन गुरुङले बीसीसी यूकेको निमन्त्रणामा बुद्ध जयन्ती मनाउन उपस्थित दोर्जिन रिन्पोछे, स्थानीय मेयर, धर्मगुरुहरुलगायत सम्पूर्ण आगन्तुकलाई स्वागत गर्नुभयो । साथै, बीसीसी यूकेका उपाध्यक्ष मेजर हितमान गुरुङले दोर्जिन रिन्पोछेबारे जानकारी गराउनुभएको थियो ।

बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देब घलेले बीसीसी यूकेको बारेमा छोटो जानकारी दिँदै हाल संचालन भैरहेका बीसीसी यूके गुम्बाका परियोजनाहरुबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा बीसीसी यूके र बीसीसी यूके आमाहरुको तर्फबाट प्रवचनका लागि गुरुसमक्ष मण्डला अर्पण गरिएको थियो ।
त्यस्तै, बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ र आमा प्रमुख जगना गुरुङलगायत आमाले गुरुहरु सँगसँगै प्रज्ञापरामिताको सुत्र पाठ वाचन गर्नुभएको थिइव । कार्यक्रममा दोर्जिन रिन्पोछे, खेन्पो सेनाङ्ग, खेन्पो छेवाङ्ग, लोपेन भिमनाथ, लामा गुप्ती गुरुङ, धर्मगुरु सेन प्राईज, लामा दिनेश गुरुङ, सानो लामालगायत धर्म गुरुहरुको उपस्थिति थियो ।
बुद्ध जयन्ती कार्यक्रमको पहिलो चरणमा बीसीसी यूकेको अल्डरसटस्थित गुम्बामा बिहान ९ देखि ११ बजेसम्म गुम्बाका प्रमुख लामा खेन्पो सेनाङ्ग, लोपेन भिमनाथ योन्जनलगायत धर्म गुरुहरुले बुद्ध साधना पूजा गर्नुभएको थियो । सो अवसरमा एचक्युबीजी आर्म फोर्सेस्का मेजर अनिल गुरुङले गुम्बा परिसरभित्र लुंदा लगाउनुभएको थियो ।
निःशुल्क खाना र चियापनको समेत व्यवस्था गरिएको बुद्ध जयन्ती कार्यक्रमलाई विभिन्न संघसंस्था र व्यक्तिहरुले भोजन तथा दीप प्रज्ज्वलनका लागि नगद तथा जिन्सी सामाग्री प्रदान गरेका थिए । त्यस्तै, आमा उपप्रमुख शारदा गुरुङले दोर्जिन लुङ्गरिग रिन्पोछेलगायत विशिष्ट पाहुनाहरु, धर्म गुरुहरु, उद्यमी, व्यापारी एवं दाताहरु, कार्यसमिति, आमाहरु, भोलिन्टीयरलगायत सबै सहभागी पाहुनाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
बीसीसी यूकेका कार्यवाहक अध्यक्ष रोबिन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई बीसीसी यूकेका महासचिव मेजर कुमार गुरुङ एमभिओले संचालन गर्नुभएको थियो ।

नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा