
गाजा । प्यालेस्टिनी उद्धारकर्ताहरूले बिहीबार प्रतिबन्धित गाजामा इजरायली आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।
अमेरिका समर्थित एक सङ्गठनले यस महिनाको अन्त्यसम्ममा सहायता वितरण सुरु गर्ने बताइरहेकासमय बिहीबार बिहानैदेखि ‘वेस्ट व्याङ्क’ क्षेत्रमा इजरायली सेनाद्वारा व्यापक हवाई आक्रमण भएको हो । गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीबार बिहानैदेखि इजरायली बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या १०३ पुगेको छ ।
इजरायलले मार्च २ मा गाजा प्रवेशमा सबै सहायता रोकेको थियो भने मार्च १८ मा पुनः सैन्य कारबाही सुरु गरेको थियो । उत्तरी गाजाका ४३ वर्षीय प्यालेस्टिनी अमिर सेल्हाले इजरायलले रातभर तीव्र गोलाबारी गरेको बताउनुभयो । उहाँले बिहानै इजरायली सेनाको ड्रोनले आफ्नो छिमेकमा पर्चा खसालेको र त्यहाँका बासिन्दालाई दक्षिणतर्फ जान चेतावनी दिएको बताउनुभयो ।
इजरायल र हमासबीच १९ महिना सम्म चलेको युद्धका क्रममा गाजाका अधिकांश नागरिक कम्तीमा एकपटक विस्थापित भएका छन् ।
इजरायलले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणमा कब्जामा लिइएका बाँकी बन्धकहरूलाई मुक्त गर्न हमासलाई दबाब दिने उद्देश्य राखेको बताएको छ । अमेरिकी सहयोग प्राप्त गैरसरकारी संस्था गाजा ह्युमेनिटेरियन फाउन्डेसनले इजरायली अधिकारीसँगको वार्तापछि यसै महिनाबाट गाजामा मानवीय सहायता वितरण सुरु गर्ने जनाएको छ ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद