
लन्डन । लन्डनस्थित थेम्स नदीमा मृत भेटिएका नेपाली विद्यार्थीको शव नेपाल पठाउन राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग (रास्वपा यूके) ले सहयोग संकलन अभियान सञ्चालन गरेको छ ।
रुकुम पश्चिमको मुसिकोटका सुशन ओलीको शव नेपाल पठाउन आर्थिक समस्या देखिएपछि रास्वपा यूकेले क्राउडफन्डर डट सीओ डट यूके अनलाइन प्लाटफमममार्फत सहयोग संकलन गरेको हो । शुक्रबार ९ मे २०२५ बेलुकीसम्म ८ हजार ६ सय ३६ पाउन्ड संकलन भएको छ । जसमा ५ सय १० जनाले सहयोग गरेका छन् ।
शव नेपाल पठाउने जहाज भाडा, कानुनी कागजात मिलाउने, अन्त्येष्टिलगायत खर्चका लागि अभियानमार्फत ७ हजार पाउन्ड उठाउने लक्ष्य राखिएको थियो ।
सुशनको शव अप्रिल २८ मा लन्डन थेम्स नदीमा फेला परेको बेलायती प्रहरीलाई उदृत गर्दै लन्डनस्थित नेपाली दूतावासले पुष्टि गरेको थियो । बेलायतको कोभेन्ट्री विश्वविद्यालयमा बिजनेश म्यानेजमेन्ट एन्ड लिडरसीप कोर्समा ब्याचलर्स दोस्रो वर्ष पढ्ने तयारी गरिरहेका रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय ओली अप्रिल २१ तारिख (वैशाख ८) देखि सर्म्पकविहीन थिए । सुशन कोभेन्ट्री युनिभर्सिटीमा अध्ययनका लागि करिब एक वर्षअघि मात्रै बेलायत आएका थिए ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै