
लन्डन । लन्डनस्थित थेम्स नदीमा मृत भेटिएका नेपाली विद्यार्थीको शव नेपाल पठाउन राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग (रास्वपा यूके) ले सहयोग संकलन अभियान सञ्चालन गरेको छ ।
रुकुम पश्चिमको मुसिकोटका सुशन ओलीको शव नेपाल पठाउन आर्थिक समस्या देखिएपछि रास्वपा यूकेले क्राउडफन्डर डट सीओ डट यूके अनलाइन प्लाटफमममार्फत सहयोग संकलन गरेको हो । शुक्रबार ९ मे २०२५ बेलुकीसम्म ८ हजार ६ सय ३६ पाउन्ड संकलन भएको छ । जसमा ५ सय १० जनाले सहयोग गरेका छन् ।
शव नेपाल पठाउने जहाज भाडा, कानुनी कागजात मिलाउने, अन्त्येष्टिलगायत खर्चका लागि अभियानमार्फत ७ हजार पाउन्ड उठाउने लक्ष्य राखिएको थियो ।
सुशनको शव अप्रिल २८ मा लन्डन थेम्स नदीमा फेला परेको बेलायती प्रहरीलाई उदृत गर्दै लन्डनस्थित नेपाली दूतावासले पुष्टि गरेको थियो । बेलायतको कोभेन्ट्री विश्वविद्यालयमा बिजनेश म्यानेजमेन्ट एन्ड लिडरसीप कोर्समा ब्याचलर्स दोस्रो वर्ष पढ्ने तयारी गरिरहेका रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय ओली अप्रिल २१ तारिख (वैशाख ८) देखि सर्म्पकविहीन थिए । सुशन कोभेन्ट्री युनिभर्सिटीमा अध्ययनका लागि करिब एक वर्षअघि मात्रै बेलायत आएका थिए ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा