
लन्डन । यती नेपाली एसोसिएसन यूकेको अध्यक्षमा टंकप्रसाद भट्टराई सर्वसम्मत चयन हुनुभएको छ । लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा आइतबार ४ मेमा सम्पन्न संस्थाको ३१ औं अधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसअघि भट्टराई महासचिव हुनुहुन्थ्यो ।
वरिष्ठ उपाध्यक्षमा वसन्त राय क्षेत्री, उपाध्यक्ष राज पाण्डे, महासचिव आशिषराज पन्त, उपमहासचिव सुष्मा पौडेल, कोषाध्यक्ष मणीकला राई गुरुङ, खेलकुद सचिव हरि रेग्मी, सामाजिक सचिव क्षमता ढकाल, सांस्कृतिक सचिव गोपाल बस्नेत र प्रकाशन सचिवमा आशीष महर्जन चयन हुनुभएको छ ।
सदस्यहरुमा जेनिस गिरी, रश्मी सिंह राणा, प्रशान्त खड्का, लक्ष्मण पाण्डे, सुरेशकुमार राई, टंकबहादुर गुरुङ र रुक्मिणी थापा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समिति संयोजकमा यती पूर्वअध्यक्ष उमेशराज मोक्तान र सदस्यहरुमा शशीधर नेपाल, राजन खकुराल र शंकरप्रसाद दाहाल हुनुहुन्थ्यो । नवनिर्वाचित अध्यक्ष भट्टराईले संस्थालाई समयअनुसार अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
नेपालमा सवा ९ लाख मतदाता थपिए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार