
लन्डन । यती नेपाली एसोसिएसन यूकेको अध्यक्षमा टंकप्रसाद भट्टराई सर्वसम्मत चयन हुनुभएको छ । लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा आइतबार ४ मेमा सम्पन्न संस्थाको ३१ औं अधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसअघि भट्टराई महासचिव हुनुहुन्थ्यो ।
वरिष्ठ उपाध्यक्षमा वसन्त राय क्षेत्री, उपाध्यक्ष राज पाण्डे, महासचिव आशिषराज पन्त, उपमहासचिव सुष्मा पौडेल, कोषाध्यक्ष मणीकला राई गुरुङ, खेलकुद सचिव हरि रेग्मी, सामाजिक सचिव क्षमता ढकाल, सांस्कृतिक सचिव गोपाल बस्नेत र प्रकाशन सचिवमा आशीष महर्जन चयन हुनुभएको छ ।
सदस्यहरुमा जेनिस गिरी, रश्मी सिंह राणा, प्रशान्त खड्का, लक्ष्मण पाण्डे, सुरेशकुमार राई, टंकबहादुर गुरुङ र रुक्मिणी थापा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समिति संयोजकमा यती पूर्वअध्यक्ष उमेशराज मोक्तान र सदस्यहरुमा शशीधर नेपाल, राजन खकुराल र शंकरप्रसाद दाहाल हुनुहुन्थ्यो । नवनिर्वाचित अध्यक्ष भट्टराईले संस्थालाई समयअनुसार अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय