
लन्डन । बेलायती प्रहरीले आतङ्कवादविरोधी दुई छुट्टाछुट्टै अनुसन्धानमा सात इरानी नागरिकसहित आठ जनालाई पक्राउ गरिएको जनाएको छ ।
लण्डन, स्विन्डन र ग्रेटर म्यानचेस्टर क्षेत्रमा ‘आतङ्कवादी अपराध’ गर्न खोजेको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको हो । ती पुरुष २९ देखि ४६ वर्ष उमेर समूहका रहेका र उनीहविरूद्ध आतङ्कवादविरोधी प्रहरीले शनिबार ‘कुनै खास परिसरलाई निशाना बनाउने शंकास्पद षडयन्त्र’ गरेको आरोपमा पक्राउ गरेको थियो ।
एउटा अपरेसनमा चार जना इरानीसहित पाँच जनालाई आतङ्कवादी गतिविधिको तयारी गरेको आशङ्कामा पक्राउ गरिएको लण्डनको महानगरीय प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
गृहमन्त्री यवेट कूपरले ‘राष्ट्रिय सुरक्षा खतरा’ प्रति बेलायतको प्रतिक्रियाको एक हिस्साका रूपमा यी ‘गम्भीर अभियान’ चालिएको बताउनुभएको छ ।
यसैबीच शनिबार लण्डनमा आतङ्कवाद विरोधी प्रहरीले चलाएको अर्को कारबाहीमा इरानी नागरिकसहित अन्य तीन जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरीले लण्डनमा पक्राउ परेका तीनै जना ‘शुक्रबार पाँच जनालाई पक्राउ गरिएको घटनासँग सम्बन्धित नभएको’ पुष्टि गरेको छ । उनीहरू ३९, ४४ र ५५ वर्षका पुरुष् व्यक्ति रहेको र उनीहरूलाई राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत पक्राउ गरिएको थियो । विदेशी हस्तक्षेप र जासुसीलगायत ‘राज्यका खतरा’लाई रोक्न कानुन प्रवर्तनका लागि प्रहरीलाई थप अधिकार दिएको छ ।
कूपरले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रहरीलाई धन्यवाद दिनुभएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा