
लन्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले यही १२ मे मा २५६९औं बुद्ध जयन्ती मनाउने भएको छ । प्रत्येक वर्ष मनाउँदै आएकॊ भगवान् बुद्धकॊ जयन्ती यस साल विलविच लन्डनस्थित डायमन्ड बुद्धिस्ट सेन्टर यूकेकॊ गुम्बामा विविध कार्यक्रमसहित सम्पन्न हुन लागेको कार्यक्रम संयोजकसमेत रहनुभएका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसैदिन प्रत्येक वर्ष गरिने शान्ति पदयात्रा पनि शहरकॊ परिक्रमा गरेर सम्पन्न गरिने आयोजकले जनाएको छ । यस वर्षकॊ लागि कार्यक्रमकॊ भॊजनदान संस्थाका निवर्तमान अध्यक्ष यॊगेश गुरुङ र उनकॊ श्रीमती मिना गुरूङले प्रायॊजन गर्कानुभएको छ ।
बौद्ध अनुयायीहरूकॊ लागि पूण्य सन्चय, संसारका सम्पूर्ण प्राणीहरूकॊ हित र यस महान् दिनलाई सफलतापूर्वक पूजा गरेर सम्पन्न गर्नका लागि संस्थाका मूलगुरू खेनरिम्पॊचे शिरलामा गुरूङ नेपालबाट ५ मई २०२५कॊ दिनमा बेलायत आउँदै हुनुहुन्छछ । उहाँकॊ करकमलबाट यस सालकॊ बुद्ध जयन्ती भव्यताकॊ साथमा सम्पन्न गर्न तयारी भइरहेकॊ पनि आयोजकले जनाएको छ ।
कार्यक्रमकॊ संयॊजक संस्थाका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ, सह-संयॊजकद्वय क्रमशः संस्थाका प्रमुख सल्लाहकार राम गुरूङ र उपाध्यक्ष सुशील प्रजापति रहेका छन् । यसपाली बुद्ध फाउन्डेसन यूके पनि यस कार्यक्रममा सहभागिता जनाउँदै छ ।
विगत ११ वर्षदेखि लन्डन जस्तॊ विश्वकै आईकॊनिक शहरमा शान्ति पदयात्रा गरेर विश्वसामु नेपाल र भगवान् बुद्धलाई चिनाउने प्रयास यस शान्ति पदयात्राले गर्दै आइरहेकॊ आयोजकको भनाइ छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा