
लन्डन । नेपाली राजदूतावास लन्डनले बेलायतमा क्रियाशील नेपाली संघ संस्थाहरुलाई यही १५ मेभित्र विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।
दूतावासले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । ‘नेपाली राजदूतावास, लण्डनले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरु तथा समुदायसँगको सहकार्यमा हुनसक्ने राष्ट्रिय हित एवं प्राथमिकताका अन्य गतिविधिहरुमा नेपाली डायस्पोराको अधिकतम परिचालन गर्न संयुक्त अधिराज्यमा हाल क्रियाशील रहेका नेपाली संघ/संस्था/संगठनहरुको विवरण आवश्यक भएकोले देहायको लिङ्कमा गइ १५ मे २०२५ भित्र आ- आफ्नो विवरण अद्यावधिक / उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ,’ २८ अप्रिलमा दोस्रोपटक जारी सूचनामा भनिएको छ,’यसअघि मिति २०८१।०९।१८ मा प्रकाशित सूचना अनुरूप विवरण अद्यावधिक गराइसक्नु भएकाहरुले यो फाराम भर्नु पर्ने छैन ।’
दूतावासले पहिलोपटक २०८१।०९।१८ तद्नुसार ०२ जनवरी २०२५मा संस्थाहरुलाई विवरण अध्यावधिक गर्न सूचना प्रकाशित गरेको थियो । आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरु तथा समुदायसँगको सहकार्यमा हुनसक्ने राष्ट्रिय हित एवं प्राथमिकताका अन्य गतिविधिहरुमा नेपाली डायस्पोराको अधिकतम परिचालन गराउने उद्देश्यसहित संघ संस्थाको विवरण लिन लागेको दूतावासले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा