
लन्डन । इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । अन्य आठ सय जना घाइते भएका छन् ।
विस्फोट शनिबार बिहान दक्षिणी इरानको शहीद रजाई बन्दरगाह, बन्दर अब्बास नजिकै भएको त्यहाँका विभिन्न सरकारी सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटले वरपरका भवनका झ्याल र छाना उडाएको र गाडीहरू नष्ट गरेको बीबीसीले जनाएको छ । स्थानीय बासिन्दाहरूले विस्फोटको असर ५० किलोमिटर टाढासम्म महसुस भएको बताएका छन् । सरकारी सञ्चार माध्यमका अनुसार अझै ६ जना बेपत्ता भएका छन् ।
बीबीसीले प्रमाणित गरेका भिडियोहरूमा आगो बढ्दै गएर ठूलो विस्फोट भएको देखिन्छ, जसपछि मानिसहरू डराएर भागिरहेका र कतिपय घाइते अवस्थामा धुवााले ढाकिएको र सडकमा लडिरहेको देखिन्छ ।
बन्दरगाहको भन्सार कार्यालयले टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको जनाएको छ । आकाशबाट खिचिएको भिडियोमा कम्तीमा तीन ठाउामा आगो लागेको देखिन्छ । इरानका गृहमन्त्रीले पनि आगो एक कन्टेनरबाट अर्कोमा फैलिरहेको बताएका छन् । सो क्षेत्रका विद्यालय र कार्यालयहरू आइतबार बन्द रहने आदेश दिइएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि