
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठसहित २५६९ औं बुद्ध जयन्ती मनाउने भएको छ । आउँदो मे १२ सोमबारका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ मनाउन लागिएको हो ।
काठमाडौं बौद्धस्थित सेचेन गुम्बाका दोर्जिन लामा निमा लुङ्गरिग रिन्पोछेको विशेष उपस्थितिमा मनाउन लागिएको बुद्ध जयन्ती समारोहमा स्थानीय रस्मोर बोरो काउन्सिलका मेयर, काउन्सिलर, विभिन्न धार्मिक, सामाजिक एवं परोपकारी संघसंस्थाका प्रतिनिधि, समाजसेवी, उद्यमी, व्यापारीलगायत भक्तजनहरुको सहभागिता रहने बीसीसी युकेले जनाएको छ ।
दुई चरणमा आयोजना गर्न लागिएको कार्यक्रम बिहान ८ देखि १० बजेसम्म अल्डरसटस्थित बीसीसी गुम्बामा गुम्बाका प्रमुख लामा खेन्पो सेनाङ्ग, लोपेन भिमनाथ योन्जनलगायत धर्म गुरुले बुद्ध साधना पूजा गर्नुहुनेछ ।
दोस्रो चरणमा सोही दिन बिहान ११ बजेदेखि एम्पायर हलमा बुद्धजयन्ती मनाइने बीसीसी युकेका उपाध्यक्ष एवं बुद्ध जयन्ती समारोह आयोजक समितिका संयोजक रोबिन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमा अतिथिहरुको स्वागत, शुभ–मंगल पाठ, मण्डला अफरिङ्ग गरिने कार्यक्रम रहेको छ । सो पश्चात प्रवचन र अभिषेक प्रदान गरिने छ ।
बीसीसी युकेका अध्यक्ष आङ्ग दावा शेर्पाको अध्यक्षतामा सम्पन्न हुन लागेको कार्यक्रमको अन्त्यमा दोर्जिन लामा निमा लुङ्गरिग रिन्पोछेले व्हाईट तारा लङ्ग लाईफ इम्वापरमेन्टको विशेषता र महत्वबारे प्रवचन दिनुका साथसाथै आयुको अभिषेक (वाङ्ग) दिनुनुहुनेछ । कार्यक्रमका लागि प्रवेश शुल्कवापत १५ पाउण्ड तोकिएको र कार्यक्रममा सहभागी हुन चाहने इच्छुक महानुभावहरुले बीसीसी युकेको अल्डरसटस्थित गुम्बा वा इभेन्टब्राईट अनलाईनबाट टिकट लिन सकिने कार्यक्रम संयोजक गुरुङले जानकारी गराउनुभएको छ ।
साथै, बीसीसी युकेका महासचिव मेजर कुमार गुरुङ एमभिओका अनुसारकार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई विशेष अतिथि, विभिन्न संघसंस्थाका अध्यक्षहरु, विभिन्न गुम्बाका गुरुहरु, उद्यमी, व्यापारी एवं दाताहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरिसकिएको छ ।
निःशुल्क खाना र चियापनको समेत व्यवस्था गरिएको उक्त बुद्ध जयन्तीलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि बीसीसी युकेको सिंगो कार्यसमिति, आमाहरु र सल्लाहकारहरु तयारीमा जुटिरहेको अध्यक्ष शेर्पाले जानकारी गराउँदै कार्यक्रममा सहभागी भैदिनहुनका लागि सम्पूर्ण बेलायतवासी नेपाली आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्नुभएको छ ।
बीसीसी युकेले प्रत्येक वर्ष विविध धार्मिक कार्यक्रमकासाथ बुद्ध जयन्ती मनाउँदै आएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा