लन्डन । तमु प्ये ल्हु संघ यूकेको कल्याणकारी रात्रिभोजबाट ३५ हजार पाउन्ड संकलन गरेको छ ।

शनिबार १९ अप्रिल २०२५ मा रेडिङस्थित आफ्नै भवनमा भएको कार्यक्रममा संघले हालै खरिद गरेको सामुदायिक भवन मर्मत-सम्भार तथा थप संरचना निर्माणका लागि ३५ हजार पाउन्डभन्दा बढी चन्दा जम्मा भएको सचिव भेग च्हाक्ली तमुले जानकारी दिनुभयो । कार्यक्रम संघका अध्यक्ष क्या. डेमबहादुर योज तमुको सभापतित्वमा तमुधीं यूकेका अध्यक्ष जुमकाजी तमुको प्रमुख आतिथ्यता र तमु समाज यूकेकी अध्यक्ष बिन्दु तमु घलेको विशेष आतिथ्यतामा भएको तियो ।
कार्यक्रम संघका अध्यक्ष क्या डेम बहादुरसहित प्रमुख अतिथि जुमकाजी, विशेष अतिथि बिन्दु, संस्थापक अध्यक्ष अशोक ल्हेँगे तमु, आमा समूहकी अध्यक्ष बबिता प्हच्यु तमु र खेगी अध्यक्ष जीत क्रोम्छे तमुले संयुक्तरुपमा समुद्घाटन गर्नुभएको थियो । सचिव भेग च्हाक्ली तमुले सञ्चालन गरेको कार्यक्रममा मौलिक तमु भेषभूषा संरक्षणका लागि गत वर्षदेखि सुरु गरिएको चेयरम्यान कप दम्पती भेषभूषा प्रतियोगिता समावेश थियो ।
प्रतियोगितामा डम्बर टु क्ल्हेप्री तमुको जोडी प्रथम र भेग च्हाक्ली तमुको जोडी द्वितीय हुनुभएको थियो । तमु प्ये ल्हु संघ काठमाडौंका कोषाध्यक्ष सिरीप्रसाद च्हाक्ली तमु, नौथुम तमु समाज यूकेका अध्यक्ष खमबहादुर ल्होँ तमु र पैंयुखोला तमु समाज यूकेका पूर्वअध्यक्ष क्या नरबहादुर पर्जु तमु एमभीओ, बिईएमले निर्णायकको भूमिका निभाउनुभएको थियो । त्यसैगरी संघलाई दिएको विशेष योगदानको मूल्यांकन गर्दै संघका पूर्वअध्यक्ष सोम त्होर्जे तमुलाई संघको ‘प्रज्वल रथी सम्मान-२०२५’ प्रदान गरिएको थियो ।
यस्तै नेपालबाट आएका कान्तिपुर दैनिकका लमजुङ संवाददाता आश तमु, कलाकारहरु प्रवित्रा तमु,सविना तमु र तिलक तमुलाई पनि सम्मान गरिएको थियो ।सम्मानको क्रममा प्रमुख अतिथि जुमकाजी तमुको दम्पती र भवनको स्टेजको ब्याकड्रबमा क्होंईबो सहितको आकर्षक हिमाली दृश्य पेन्ट गरी सहयोग गरेका आर्टिस्ट देव क्रोम्छै तमु र उनकी धर्मपत्नी डा. युग च्हम्रु तमुलाई विशेष सम्मान गरिएको थियो ।
पवित्र तमु, सविना तमु र तिलक तमुको विभिन्न मनोरन्जनात्मक सांस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा बेलायतमा क्रियाशील विभिन्न प्रतिष्ठित संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा