लन्डन । प्रवासी नेपाली मञ्च (ओएनएफ यूके) बेलायतको ९ औं अधिवेशन आगामी जुन १५ मा हुने भएको छ ।

प्रवासी नेपाली मञ्च यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा जुममा आइतबार बसेको २० औं कार्यसमितिको पूर्ण बैठकले आगामी १५ जुन २०२५ मा महाधिवेशन गर्ने निर्णय गरेको हो । बेलायतस्थित मिडल्यान्डमा आयोजना हुने अधिवेशनमा एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथिका रुपमा आउनु हुने छ भने युरोप अमेरिका र इन्चार्ज घनश्याम पाण्डे र ओएनएफ अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संजय थापा विशिष्ट अतिथिका रुपमा सहभागी हुनुहुनेछ ।
अध्यक्ष भुसालका अनुसार महासचिव पोखरेल र इन्चार्ज पाण्डे र ओएनएफ अन्तर्राष्ट्रिय अध्यक्ष थापा अधिवेशनमा बेलायत आउने पक्का भैसकेको छ । अधिवेशनका लागि विभिन्न समितिहरु समेत गठन भएका छन् ।अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समिति संयोजकमा कर्ण शाही, उपसंयोजकमा सरस्वती केसी, सदस्यहरु दिनेश घिमिरे, विनोद ज्ञवाली, रामचन्द्र गुरुङ, केदार थपलिया र तिलकराम भट्टराई हुनुहुन्छ । त्यस्तै, प्रचारप्रसार समितिमा संयोजक श्याम लुइँटेल र सदस्यहरुमा अर्कराज तिम्सेना, शम्मु अर्याल, विदुर खत्री र दुर्गा बाँनिया हुनुहुन्छ ।
त्यस्तै, अधिवेशन प्रतिवेदन लेखन समितिमा संयोजक तुंगभद्र भुसाल र सदस्यहरुमा कृष्ण भण्डारी, डा. मुकुन्द बास्तोला, पुण्य रेग्मी, बालकृष्ण भुसाल, पशुपति पोखरेल र श्याम लुइँटेल हुनुहुन्छ । अधिवेशनमा आउने पाहुनाहरुलाई स्वागत गर्ने अतिथि सत्कार समितिमा संयोजक भण्डारी, सदस्यहरुमा केशरी क्षेत्री, दुर्गा बानियाँ र राममाया थापा हुनुहुन्छ । यस्तै, अधिवेशनमा स्वयंसेवक परिचालनको जिम्मेवारी डा बास्तोलालाई दिइएको छ भने सदस्यहरुमा शम्मु अर्याल, जोनी पहारी, तारानाथ भण्डारी र राममाया थापा हुनुहुन्छ ।
आर्थिक व्यवस्थापन समिति संयोजकमा पुण्य रेग्मी र सदस्यहरुमा अर्जुन चापागाईं, गोविन्द सापकोटा चयन हुनुभएको छ भने प्रतिनिधि व्यवस्थापन समितिमा संयोजक बालकृष्ण भुसाल, सदस्यहरुमा भीमलाल भट्टराई, मोति खरेल, पदम गोले, बिमश शर्मा, राममाया थापा हुनुहुन्छ । बैठकले अधिवेशन मूल व्यवस्थापनका लागि कार्यसमितिलाई जिम्मा दिइएको छ भने अधिवेशनको हल व्यवस्थापन र खानाको व्यस्थापनका लागि पशुपति पोखरेलको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
जसमा पदम गोले, शम्मु अर्याल, गोविन्द सापकोटा र तारानाथ भण्डारी रहनुभएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा