लन्डन । मनोक्रान्ति टीम यूके अल्डरसट शाखा गठन गरिएको छ । अल्डरसटमा आइतबार २० अप्रिलका दिन आयोजित कार्यक्रममा मनोक्रान्ति साधिका अनिता गुरुङको अध्यक्षतामा मनोक्रान्ति टीम अल्डरसट शाखा गठन गरिएको हो ।

शाखा उपाध्यक्षमा सुनिता रानापाली, सचिवमा योग प्रशिक्षक गोपबहादुर सिङ्जाली मगर र कोषाध्यक्षमा कमल राई चयन भएको टिम लिडर नगेन्द्र नेम्बाङले जानकारी दिनुभयो । सदस्यहरुमा रिता गुरुङ, कुमारी थापा, माया श्रेष्ठ,बेल बुडाथोकी र ओम पुन चयन हुनुभएको छ । शाखा सल्लाहकारमा गोमा राना चयन हुनुभएको छ। मनोक्रान्ति टीम यूकेका अग्रज साधक खर गुरुङले नवनियुक्त कार्यसमितिलाई खादा ओढाइ सम्मानसहित बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
आगामी मे महिनामा गुरुदेव/गुरुमा डा. योगी विकाशानन्द र कमलेश्वरीको बेलायत भ्रमणका क्रममा मनोक्रान्ति प्रशिक्षण सफल पार्नका लागि पनि शाखा गठन गरिएको हो । बेलायतमा यो शाखा प्रथम हो ।
अन्यत्र पनि शाखा विस्तार गर्दै लैजाने लक्ष्य रहेको टिम लिडर नेम्बाङले बताउनुभएको छ ।
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक