
काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आइतबार भेटघाट गर्नुभएको छ ।
विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका कलाकारमध्येबाट छानिएका २३ देशका कलाकारसँग प्रधानमन्त्री ओलीले भेटेर उहाँहरुको प्रतिभाको सराहना गर्नुभयो । इन्ट्रा फाउण्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त शृङ्खलाका आयोजक र कलाकारहरुलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरुको भूमिका रहने बताउनुभयो । विश्वका जुनसुकै मुलुकमा रहे पनि नेपालीहरुमा रहने ‘जनेटिक मोमोरी’ले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल, भूटान, भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), अष्ट्रेलिया, जापान, म्यान्मा, पोर्चुगल, मलेसिया, थाइल्याण्डलगायत मुलुकमा बसोबास गर्दै आएका नेपालीमूलका प्रतियोगीहरुको सहभागिता रहेको इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिनुभयो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि