
लन्डन । पहिलो गुरुङ चलचित्रका नायक प्रितम गुरुङको ५० औं फिल्म ‘मुख्या’को प्रिमियर बेलायतमा हुने भएको छ ।
नायक गुरुङले शनिबार पोस्टर सार्वजनिक गर्नुहुँदै बेलायतबाट प्रिमियर गरिने जानकारी दिनुभएको हो । आगामी ११ जुलाई र १३ जुलाईमा प्रदर्शन गरिन लागेको मुख्या फिल्म पारिवारिक चलचित्र रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चलचित्रमा ३ पुस्ता (बाजे-छोरा-नाती) को कथा अनि बेलायतबाट नेपाल जाने, गुरुङ संस्कार, संस्कृति मनाउँदा आउने असमझदारीको कथा समेटिएको छ ।
मुख्या चलचित्रमा टिकाराम घले, विष्णु गुरुङ, रिया गुरुङ, सबिना गुरुङ, रेशम गुरुङ, सुमन गुरुङ, दिनेश गुरुङ, प्रिया गुरुङ आदि कलाकारको अभिनय रहेको छ । गणेश गुरुङको गीत, दीपक गुरुङको संगीत, दीपक गुरुङ र पबित्र गुरुङको स्वर रहेको छ ।
खेम थापा मगरको छायांकन, सन्तोषी गुरुङको कोरियोग्राफी, इना गुरुङको मेकअप, मेक थापाको सम्पादन रहेको चलचित्र लेखन/निर्माण/निर्देशन प्रितम गुरुङले गर्नुभएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि