
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगर नेपाल प्रस्थान गर्नुभएको छ ।
अध्यक्ष मगर मे ३ देखि ५ सम्म काठमाडौंमा हुने एनआरएनएको एकता महाधिवेशनका लागि बिहीबार नेपाल जानु भएको हो । उहाँले आफ्नो अनुपस्थितमा कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष अनिल मल्ललाई दिनुभएको छ ।
गैर आवासीय नेपाली संघ बेलायतको १३ अप्रिल २०२५ मा सम्पन्न पहिलो कार्यसमिति बैठकले अध्यक्ष प्रेम गाहामगरको अनुपस्थितिमा उपाध्यक्ष मल्ललाई कार्यवाहक अध्यक्षको रुपमा नियुक्त गर्ने निर्णय सर्वसम्मत रुपमा पारित गरिएको हो ।
कार्यवाहक अध्यक्ष मल्लले अध्यक्ष मगर नेपाल भ्रमणबाट नफर्किँदा संघको सम्पूर्ण नेतृत्व र जिम्मेवारी सम्हाल्ने बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष मगरले आफ्नो अनुपस्थितिमा पनि संस्थाको कार्य सञ्चालन निरन्तर, व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने