लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलबीच भेटवार्ता भएको छ । उहाँहरुबीच मंगलबार वेष्टमिनिष्टरमा शिष्टाचार भेटवार्ता भएको हो ।

राजदूत घिमिरेले बेलायती संसद्को ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेपालका सभामुख देवराज घिमिरेको सन्देश सुनाएको राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
राजदूत घिमिरेले नेपालको संसद समावेशी भएको स्मरण गराउँदै नेपालको संसदमा बेलायतलक्षित सर्वदलीय संसदीय समिति गठन गरिएको जानकारी दिनुभएको थियो । उहाँ सभामुख होयलसमक्ष नेपाल हेर्ने बेलायतको सर्वदलीय संसदीय समितिको सहयोगप्रति पनि आभार व्यक्त गर्नुभयो ।
बेलायत र नेपाल दुई देशबीच दुई शताब्दी बढीको न्यानो र सौहार्दपूर्ण सम्बन्ध स्मरण गर्दै राजदूतले उच्चस्तरीय भ्रमण र आदानप्रदानको महत्त्वमा जोड दिनुभएको थियो ।
राजदूतले विशेषगरी जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, नेपालको समृद्धि आकांक्षा पूरा गर्न र २०२६ सम्ममा नेपाल अल्पविकसित मुलुक (एलडिसी)बाट ग्रयाजुएसनपछिको प्रगतिलाई दिगो बनाउन तथा बाँकी रहेका भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका गुनासोहरू सकेसम्म चाँडो सम्बोधन गर्न बेलायत सरकारबाट निरन्तर सहयोगको अपेक्षा पनि गर्नुभएको थियो ।
भेटमा सभामुख होयलले नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक र अद्वितीय सम्बन्धको चर्चा गर्दै भविष्यमा दुवै देशका संसदीय समूहहरूबीच सहकार्यको सम्भावना व्यक्त गर्नुभएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति